झन्डै आधा दर्जन फिल्म छायांकनमा

सरकारले दोस्रो निषेधाज्ञा लगाएपछि केहि फिल्म बाहेक छायांकनमा निस्किएका छैनन् । कोरोनाको कहर कम नभएता पनि फिल्महरु धमाधम छायांकनमा निस्कन थालेका छन् ।
सोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको बरपीपल’को छायांकन चलिरहेका बेला अन्य फिल्म पनि छायांकनमा निस्कने भएका छन् ।
दिनेश लिङ्देन निर्देशनमा फिल्म ‘रीत’ र ‘अञ्जली’को छायांकन आगामी सातादेखि सुरु हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुने दुई फिल्मको एकसाथ छायांकन गर्न लागेको निर्देशक दिनेश लिङ्देनले जानकारी दिएका छन् ।
उनका अनुसार दुई फिल्म मध्ेय ‘रीत’ लिम्बु भाषा संस्कृतिमा आधारित लिम्बु फिल्म हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्म ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने छ भने अर्को फिल्म ‘अञ्जली’ उपत्यका आसपासमा खिचिने निर्माणपक्षले जानकारी दिएको छ । जसका लागि अहिले दुवै फिल्म हाल वर्कसप चरणमा छन् ।
निर्देशक दिनेशका अनुसार दुवै फिल्ममा एलिना बाँसकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।

सागर केरुङले लेखेको दुवै फिल्ममा मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको । फिल्ममा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपालीले लगानी गर्दैछन् ।