म दुःख सँग धेरै नजिक छु : मोडल दिपाशा बिसी (भिडियो सहित )
सुजता अम्गाई
हरेक व्यक्तिका आफ्नो विगत छ । यस्तै नेपालको सुर्खेतमा जन्मिइन् । मोडलिङ क्षेत्रको उम्दा प्रतिभा बनेकी छन् । जिन्दगीको हरेक कठिन विगतसङ पौंठेजोरी खेल्दै अघि बढेको त्यो संघर्षको दिनहरू मासुभात कम, आँसुभात बढी खाएर बित्यो । उनी बहुप्रतिभा शाली हुन् नृत्य, अभिनयमा पोक्त छिन् । उनमा बलियो साहस अनि धैर्यता थियो । उनको सपना ठुलो थियो आखिर त्यही सपनाले उसलाई कलाक्षेत्रको सम्भावना बोकेको एउटा प्रतिभा बनायो । कलाको इन्द्रेणीमा एउटा रङ्ग बनेर उपस्थिति जनाएको त्यो व्यक्तिको नाम हो मोडेल दिपाशा विसी ।
दिपाशा बिसी २०६५ सालदेखी कलाकारिता क्षेत्रमा होमिएकी थिइन् । २०६५ सालदेखिको सघर्षपुर्ण यात्रादेखी अहिले सम्म आइपुग्दा उनी नायिका,मोडल र ब्युटिसियनको रूपमा परिचित छिन् । बिसीको कहालीलाग्दो विगत, रहरलाग्दो वर्तमान र सुन्दर सपनासहितको भविष्यका बारेमा मेरो फिल्मले चासो राख्यो । झन्डै सयभन्दा बढीको हाराहारीमा म्युजिक भिडियो र केही फिल्ममा अभिनय गरेकी यी प्रतिभाको बाल्यकाल , जिन्दगीको भोगाइ र सङ्घर्ष, प्रेम जीवको विषयमा केन्दि«त रहेर मेरो फिल्मले गरेको कुराकानी ।
सन्चै हुनुहुन्छ, आजभोलि के गर्दै हुनुहुन्छ ?
एकदमै ठिक छु ! आजभोलि खासै केही छैन भनौँ यही हो पार्लरमा बस्छु । कोरोना भाइरसको कारण अहिले सबैक्षेत्र डामाडोल बनेको छ ।
म्युजिक भिडियोहरू कतिको गरिराख्नु भएको छ ?
अहिले कोरोना भाइरसको कारण खासै इन्ड्रटी चलायमान भएको छैन तर पनि आफ्नो पेसा हो सकेको दिनुपर्छ भनेर मैले २८ वटा जति म्युजिक भिडियो गरेको छु । अधिकांश म्युजिक भिडियो तिजको उपलक्ष्यमा छ ।
अहिले सम्म कतिवटा म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्नुभयो ,याद छ ?
मैले सयभन्दा बढीको हाराहारीमा म्युजिक भिडियोमा काम गरिसकेको छु । मैले गरेको चलचित्र दुलही रानी र झेली हो अरू पनि छन् कोही रिलिज हुन बाँकी त केही भने प्राविधिक कारणले रोकावट आइरहको छ ।
आफूले खेलेको मध्ये अविस्मरणीय साइनो गाँसिएको भिडियो या फिल्म कुनै छन् ?
मेरा सिर्जना मेरा सन्तान हुन । मैले मेरो कर्ममा समान मेहनत गरेको छु । त्यसैले मलाई मेरा प्रत्येक सिर्जनाप्रति समान मोह छ । तर झेली फिल्म गर्दाको त्यो पल मेरो लागी एकदमै स्मरणीय नै थियो किनभने फिल्ममा आमा मरेर रुने सिन थियो बेलायती मेरो मम्मी अस्पतालमा भर्ना हुनुहुन्थ्यो खोइ के सोचाई आयो म सारै भावुक भएको थिए निर्देशकले कट भन्दा समेत म रोइरहेको थिए त्यो चाही म बिर्सिन सक्दिन ।
कलाकारिताको सुरुवाती चरणलाई कसरी सम्झनु हुन्छ ?
भनिन्छ नि देखेको सपना नै साकार हुन्छ नदेखेको सपनाको न आकार हुन्छ न त त्यो साकार हुन्छ । म सानै देखी नाच्न भने पछि मरिहत्ते गर्थे जहाँ मादल बज्छ म पुगिहाल्थे । यसरी नै दिनहरू बित्दै थिए म त्यति बेला सुर्खेतमा नै थिए । त्यही बेला गोपीकृष्ण फिल्मले को बन्छ कलाकार भन्ने एउटा शीर्षकमा अडिसन ल्याउनु भयो । म अडिसनमा त सहभागी भए तर म त्यहाँ बाट बाहिरिए मेरो अभिनय राम्रो लागेर राजेन्द्र« खड्गी र शोभित बस्नेतले दुलही फिल्म अफर गर्नुभयो त्यहीबाट मेरो कलाकारिता क्षेत्र सुरु भयो ।
सङ्घर्षका दिनको स्मरण कसरी गर्नुहुन्छ ?
सङ्घर्ष र सफलता एक अर्काका पर्याय रहेछन् । मानिसको जीवनमा दुख र सुख त छदै छ । सङ्घर्ष नगरी सफलता अपवादबाहेक कसैलाई हात लाग्दैन म एक सामान्य परिवारमा जन्मिएको मान्छे । त्यतीबेलाको अवस्थामा आफूले नै लगानी गर्ने अवस्था रहेन । मनभरि रहर थियो । रहर पूरा गर्ने सूत्र थिएन । कामसङै नाम, दाम दुवै जोडिएर आउँथ्यो । म कति दिन त भोकै बसे एउटा केटी मान्छे काठमाडौँको ठाउँमा एक्लै थिए न त आफ्नो आफन्त थिए । थियो आफ्नो भनेको मेरो सपना अनि मेरो भौतिक शरीर कति दिन भोकै पनि सुते होला कति दिन रोएर पनि उज्यालो बनाए होला शब्दमा बयान नै गर्न सक्दिन म । कति नराम्रो कमेन्टहरू पनि सुन्नमा आउँथ्यो तर त्यो आलोचनालाई मैले ऊर्जाको रूपमा ग्रहण गरेँ । आलोचनाबाट डराएको भए सम्भव: मेरो यात्रा त्यतिबेलै पूर्णविराम लाग्थ्यो । तर हिजोको दिनमा जे थियो जति दुख सहे त्यसको परिणाम मैले अहिले पाएको छु म खुसी छु ।
एउटा सफल कलाकार हुन चाहिने आधारभूत योग्यता के रहेछ ?
सर्वप्रथम आत्मविश्वास हुनुप¥यो । हामीमा धैयता हुनुपर्छ भाइरलको पछाडि दौडिनु भएन । भाइरल भनेको बाढीजस्तै हो । त्यसैले दुखमा आत्तिने र सुखमा मातिने काम गर्नुभएन । निरन्तररुपमा आफूले दिएको योगदानलाई गहन गर्ने र काम गर्ने हो भने एक सफल कलाकार भइन्छ ।
बाल्यकालमा कस्तो स्वाभको हुनुहुन्थ्यो ?
सानो हुँदा म सारै चन्चले स्वभावी थिए । मलाई धेरै बोल्न पर्थ्यो कसैले मलाई एक शब्द बोल्यो भने म दश वटा शब्द बोली दिन्थे । मम्मीले मलाई गाउँघर तिर पूजाआजामा लैजानुहुन्थ्यो नानी त्यहाँ कसैसङ नि नबोल है भन्नुहुन्थ्यो म सारै निसासिन्थिन किन नबोल भन्या होला मलाई बोल्नु छ । म सारै नै बोल्ने थिए मेरो बाल्यकाल एकदमै खुसीमय र सुखमय बित्यो । यदि मलाइ कसैले के चाहिन्छ भनेर सोध्यो भने म बाल्यकाल माग्थे । बुबाको माया आमाको काख साँच्चै स्वर्ग थियो ।
मोडलिङको सुरुवाती चरणको दिपाशा र अहिलेको दिपाशामा के फरक छ ?
एकदमै फरक छ । पहिलाको दिपाशा भुलेर म अहिलेको दिपाशाको बारेमा भन्छु आफूमा सक्षम , आत्मविश्वासी , जिम्मेवार र निडर भएकोे छु । म एउटा छोरीमान्छे भएर आफ्नो लागी त छदै छ परिवारको जिम्मेवारी समेत उठाएको छु । यसैले धेरै फरक छ ।
कलाकारबाट ब्युटिसियन कसरी बन्नुभयो ?
मलाई राम्री हुन सारै मनपर्छ यसैले पनि मलाई ब्युटितिर रुचि थियो र अर्को कुरा हामी सबै कलाकारहरुको ब्याक सर्पोट बिजनेस हुन्छ नै जस्तै अहिले कोरोनाको महामारी छ यति बेला इन्डटी पुरै ठप्प छ गर्ने के ? यतिकै बस्नको लागी खान पनि पर्छहोला नि रु यसैले कलाकारिता क्षेत्र त छदैँछ र ब्याक सर्पोट बिजनेस र मेरो रहर हो यसैले २०७१ साल देखी ब्युटिसियन तिर प्रवेश गरे ।
यसको मतलब इन्डटीबाट आर्थिक आवश्यकता पुरा हुन्न भन्न खोज्नु भएको हो ?
आर्थिक आवश्यकता पुरा नभएको भन्न खोजेको होइन ! ब्याकसर्पोट विजनेसमात्र हो । यदि फिल्म क्षेत्रको बारेमा कुरा नै गर्ने हो भने पनि करिश्मा मानन्धर , रेखा थापा ,निरुता सिंह , जलशाह खोइ त रु उहाँहरूले पनि त निरन्तरता दिन सक्नुभएको छैनन् नि यसैले यो मेरो ब्याक सर्पोट बिजनेस हो ।
मोडेल, नायिका र ब्युटिसियन हुनुहुन्छ , तिनवटै पेसामा कसरी समय दिइरहनु भएको छ ?
जहाँ इच्छा त्यहाँ उपाय भनेको जस्तै हो मनमा इच्छा हुनुपर्यो । कोरोना भाइरसको कारण फिल्म त बन्द छ म्युजिक भिडियोहरू गरिरहेको छु । पार्लरमा स्टाफ छन् जसोतसो समय मिलाइरहेको छु ।
कलाकार र ब्युटिसियन कुन चाहिँ पेसाबाट सन्तुष्टि हुनुहुन्छ ?
म आज जहाँ छु जे छु कलाकारिता क्षेत्रबाट छु । मैले अघि पनि भने ब्युटिसियन मेरो रुचीको विषय हो यसैले यो क्षेत्रमा छु तर म सन्तुष्टि कलाकारिता क्षेत्रबाट नै छु । मेरो कलाकारिताको बाटो निरन्तर जारी छ ।
अहिले सम्ममा यस क्षेत्रबाट पाएको नराम्रो घटना तपाईँको जीवनमा छ ?
अँ छ म कलाकारीको प्रवेश गर्दा देखी नै घरबाट छोरीमान्छे भएर नाच्ने काम गर्नुहुन्न भन्ने गर्नुहुन्थ्यो तर मैले आफ्नो लक्ष्यतय गरिसकेको भएर पनि म आफ्नो सपनामा अडिक थिए । नाच्ने भन्नसाथ कुरा सुन्थे नाच्ने केटी सँग कसले बिहे गर्छ रु मलाई सारै नराम्रो लाग्थ्यो । हामीले आफूसँग भएको कला प्रस्तुत गर्नु गलत होर रु जिन्दगीमा साना तिना घटनाहरू धेरै नै छन् तर अलि नराम्रो लाग्ने र मन खिन्न बनाउने चाहिँ यो हो ।
यति सुन्दरी हुनुहुन्छ प्रेम प्रस्तांव कतिको आउछ ?
प्रेम प्रस्ताव त प्रशस्ततै आउँछ नि ! माया गर्छु विबहा गर्न चाहान्छु भनेर प्रस्ताव आइराख्छ तर म ध्यान दिन्न । अहिले भावनात्मक सम्बन्ध नै पाउन गाह्रो छ । मलाई आफुलाई बुझने मान्छे अझै पाएको छैन् अझ पनि सिगल छु ।
कलाकारिता क्षेत्रमा आउने नयाँ कलाकारहरूलाई तपाईँको सन्देश के छ ?
नाच्ने भन्ने बित्तिकै हाम्रो नेपाली समाजमा हेर्ने नजरिया नै फरक छ केही मात्रमा त सकारात्मक सोचको सिर्जना भइसकेको छ तर बाँकी अझै छ म भन्न चाहन्छु की धैयता र सहनशीलतालाई सँगै राखेर आफूलाई निखारेर आउनुस् । अरूको कुरा सुनेर बहकाउमा लागेर आफू को हो भन्ने नै बिर्सेर यहाँ नहाउनुस ।
अन्तमा केही भन्न चाहानुहुन्छ ?
आजसम्म म यो ठाउँमा पुग्नको लागी मेरो मम्मीको माया अनि दर्शकहरुको साथ सर्पोट छ । मलाई माया गर्नुहुने सम्पुर्ण दर्शकहरुलाई नमन गर्न चाहान्छु । “कोरोना भाइरसको कारण हामी सबै चपेटामा परेका छौ यो समयमा एकले अर्कोलाई सहयोग गर्नुहोला सुरक्षित रहनुहोला ।”
प्रतिक्रिया