सडक दुर्घटनामा परि हास्यकलाकार खड्ग बहादुर पुन घाइते

रियालिटी शो कमेडी च्याम्पियनबाट चर्चामा आएका हास्य कलाकार खड्ग बहादुर पुन(खबपु) दुर्घटनामा घाइते भएका छन् । उनी हास्य सिरियलको छायांकनमा जानेक्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परि उनको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको खड्ग बहादुरले नै जानकारी दिएका छन् । अहिले आफु सामान्य अवस्थामा रहेको र चिन्ता नलिनका लागि आफ्ना शुभचिन्तकलाई समेत उनले आग्रह गरेका छन् ।