बाध्यता बनायो सुरक्षालाई हत्यारा ‘ए नि बरै’ (भिडियो सहित)

गरिबी र बाध्यताको कारण आफ्नो आर्थिक अवस्था जीर्ण हुँदा आफ्नो आमाको लागी उपचार खर्च जुटाउनको लागी आफू भन्दा हुनेखानेसँग केही रकम सहयोग माग्दा त्यही कठिन परिस्थितिको फाइदा लिएर पुरुषले महिलालाई गर्ने दुर्व्यवहार र शोषणको विषयमा बनेको गीत ‘ए नि बरै’ को भिडियो सार्वजनिक भएको छ ।

सोही भिडियोमा आफ्नै कार्यालयमा काम गर्ने कार्यालय सहयोगीले आफ्नो आमाको उपचारलाई सहयोग माग्दा उक्त सहयोगको बदलामा हाकिमले आफ्नो स्वार्थ पूरा गर्ने बाटो बनाएका छन् ।

आफ्नो आमाको उपचार सम्भव हुने छाटकाट नदेखेपछि आमा बचाउनको लागी आफ्नो शरीर सुम्पिन्छिन् । तर‚ कमजोरीको फाइदा लिगि आफ्नो दबाबमा राखी हाकिमले पटक पटक उनीमाथि दुर्व्यवहार गर्न खोजिरहन्छन् । दुर्व्यवहार सहन नसकेर उनले जागिर छोडिछन् र पनि पटक पटक हाकिमको फोन आइराख्छ केही समय फोन नउठाएपछि माधवपर्दाथ सेवन गरेर हाकिम घरमा नै आइपुग्छ र उनी माथि हातपात समेत गर्छन् आफनाआमाको अगाडी यो सब भएपछि उनले आफूलाई जोगाउनको लागी उनले सानो ढुङ्गा प्रहार गर्दा हाकिमको मृत्यु हुन्छ । देवी घर्ती मगरको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द र ऋषि खड्काको सङ्गीत छ । सङ्गीत संयोजन भने कमल सौरागले गरेका हुन् । भिडिओ निर्देशन तथा कथा विक्रम चन्दको रहेको छ ।

भिडियोमा सुरक्षा पन्त, रमेश अधिकारी, रश्मी भट्ट, सनम कठायत, सरस्वती फुयाँल र कृष्ण जोशीले अभिनय गरेका छन् भने बाल कलाकार आरध्या आरएल डिसी रहेकी छन् । प्रकाश खड्काले खिचेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।