आन्तरिक राजश्व विभागको कार्यलयमा कर वुझाउन पुगिन आँचल शर्मा

केहि वर्ष यता नेपाली कलाकारहरुले कर बुझाएका छन् की छैनन् भन्ने चर्चा चलिरहेको छ । यहि विषयमा कलाकार दीपकराज गिरीले सबै भन्दा धेरै कर सरकारलाई तिर्दै आएको बताएका थिए । अन्य कलाकारहरुले आफुले फिल्म तथा म्यूजिक भिडियोमा काम गरेर कमाए बापत सरकारलाई कर तिरेको सुनिएको थिएन ।

यहि बीचमा लाखौ रुपैया म्युजिक भिडियोबाट कमाइ गर्दै आएकी अभिनेत्री आँचल शर्मा भने सरकारलाई कर बुझाएकी छन् । उनले आज लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागको कार्यलयमा कर वुझाउन पुगेकी छन् । उनले कर बुझाउन कर कार्यलयमा पुगेको एक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

आँचललाई कर कार्यलयका कर्मचारीले अफिस कस्तो लाग्यो भनेर सोधेका छन् । ति कर्मचारीले सोचेको जवाफमा आँचलले सेवा निक्कै नै राम्रो लागेको भनेर भिडियोमा प्रतिक्रिया दिएकी छन् । साथै भाइरल भिडियोमा अभिनेत्र िआँचलले नमस्कार गर्दै कर कार्यलय आउन पाउँदा खुशी लागेको भन्दै कर्मचारीलाइ धन्यबाद दिएकी छन् ।

कर कार्यलय पुगेकी आँचलको भिडियोलाई अर्थ मन्त्रालयका उप–सचिव कर्ण तिमिल्सिनाले समेत ट्विटरबाट सार्वजनिक गरेका छन् । उनले आँचलको भिडियो सेयर गर्दै ‘एकजना नयाँ करदाता थपिएको’ भन्दैका क्याप्सन लेखेका छन् ।
नेपाली कलाकारले ७० लाखसम्म पारिश्रमिक लिएका छन् । लाखौं पारिश्रमिक लिएर फिल्ममा अभिनय गर्ने कलाकार तथा म्युजिक भिडियोका अभिनयकर्ताले कर तिरेका छैनन् ।