जनगायक टुहुरेलाई श्रदान्जली दिन पुगे नेताहरु (फोटो फिचर)
जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो । उनको पार्थिव शरीरमा अन्तिम श्रदान्जली दिन माओबादी केन्द्रिय कार्यालय पेरिस डाँडामा माओबादीका नेताहरु नारायणकाजि श्रेष्ठ,कृष्ण बहादुर महरा लगाएत अन्य थुप्रै पुगेका पुगेका थिए । २००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय, समानता र परिवर्तनको पक्षमा उभिदैँ जनमत निर्माणका लागि आफ्नो आवाज दिए ।
माले भूमिगत हुँदा सांँस्कृतिक कार्यक्रममार्फत् पार्टीका एजेण्डा उनले आमजनता माझ पुर्याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिखेर नामको पछाडि ‘टाइटल’ राख्ने चलन थियो । उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी टुहुरेकै नामैले चिनिए ।
१५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ ‘बसाइ हिड्नेको ताँतीले’ गीत चर्चित छ । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासद समेत बनेका थिए ।
प्रतिक्रिया