लागुऔषध केसमा कलाकारलाई सोधपुछको लागि बोलाइयो
प्रवर्तन निर्देशालय (इडी)ले चार वर्ष पुरानो लागु औषध केसलाई ब्युताउँदै अभिनेत्री रकुल प्रीत सिंह, अभिनेता राणा दग्गुबाती र रवि तेजासहित टलिउडका १२ अभिनेता र निर्देशकलाई सोधपुछको लागि बोलाएको छ ।
इडीका एक अधिकारीले वित्तीय जांच एजेन्सीले रकुल प्रीत, दग्गुबाती, तेजा, पुरी जगन्नाथ, चार्ममे कौर र मुमैथ खानसहित अन्यलाई अलग अलग किसिमले सोधपुछका लागि बोलाएको पुष्टि गरे । एजेन्सीले जग्गनाथलाई ३१ अगष्टमा उपस्थित हुन भनेको छ ।
त्यस्तै रकुललाई सेप्टेम्बर ६, दग्गुबाती र तेजालाई क्रमशः ८ र ९ सेप्टेम्बरमा आफू समक्ष उपस्थित हुन भनेको छ । एजेन्सीले सन् २०१७ मा तेलंगानामा भएको एक उच्चस्तरको लागुऔषध मामलामा दर्ता भएको एक उजुरीमाथि अनुसन्धानको जिम्मा लिएको थियो । एजेन्सी
प्रतिक्रिया