अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ तीनवटा देशले लगाए प्रतिबन्ध

अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ लाई तीनवटा देशले प्रशारणका लागि प्रतिबन्ध लगाएका छन् । अक्षयकुमार अभिनित पछिल्लो फिल्म ‘बेलबटम’ केही मुलुकमा विवादमा तानिएको छ । सत्य घटनामा आधारित भएका कारण र आकर्षक शैलीमा निमार्ण गरिएको उक्त चलचित्र धेरै दर्शकले समेत रुचाएका छन् । यता, साउदी अरब, कुवेत र कतारले भने उक्त चलचित्रले आफ्नो देशमा चल्न नदिने गरि प्रतिबन्ध लगाएको छ । फिल्ममा चित्रण गरिएका कतिपय तथ्यहरु सत्य नभएको भन्दै प्रदर्शन रोकिएको हो । सन् १९८० को दशकमा भएको विमान अपहरणको घटनामा आधारित रहेर बनाइएको यो स्पाइ–थ्रीलरको मुख्य भूमिकामा अक्षय स्वयम चित्रित छन् ।

फिल्मको दोस्रो भागमा अक्षयले विमान अपहरणमा परेका २१० जनालाई उद्दार गरेका छन् । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ । फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ । कोरोना महामारीको बीचमै प्रदर्शनमा आएको फिल्मलाई रंजीत एम तिवारीले निर्देशन गरेका हुन् ।