गायिका विष्णु माझीको तीज गीत’चरी जेलैमा’को यस्तो चर्चा

तीज नजिके संगै अहिले तीजका गीतहरु दिनदिन नै जसो सार्वनजिक भइरहेका छन् । लोकदोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ यति बेलामा चर्चामा छ । गीतको प्रशंसासँगै यसले बोकेको मर्म गायिकाको निजी जीवनसँग मेल खाएको भनेर धेरैले प्रतिक्रिया जनाएका छन् । यो गीत सार्वजनिक भएको आज नवौं दिनमै ४८ लाख भन्दा बढी भ्युज पुगिसकेको छ।

गत साता सार्वजनिक भएको गीत यति बेला सामाजिक संजालमा भाइरल बनेको छ। यु ट्युबमा यो समाचार तयार पार्दा सम्म भिडियोले ३६ लाख बढी भ्युज पाई सकको छ। टिकटकमा यस गीतको भिडियो बनाउनेको संख्या पनि धेरै छ।
सुन्दरमणी अधिकारीको शब्द संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

शिव बि।क।को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । शिव बि।क।को कोरियोग्राफीको पनि यति बेला तारिफ भई रहेको छ। सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।