फिल्मकर्मीलाई यसरी गर्दैछ बोर्डले सहयोग

कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प भएपछि फिल्मकर्मी लाखा पाखा लाग्ने सम्भावना निकै बढेको छ । यस्तो अवस्थामा फिल्मकर्मीलाई हेर्ने चलचित्र विकास बोर्डले हौसला स्वरुप केहि कार्यक्रम फिल्मकर्मीसामु अघि सारेको छ ।

गत वर्षदेखि अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सेलेक्ट हुने फिल्मलाई विकास बोर्डले आर्थिक सहयोग गर्ने योजना अघि सारेको छ । फेस्टिभलमा सहभागी भएको खण्डमा विभिन्न रकम दिनुका साथै त्यहाँ अवार्ड जितेमा बोर्डबाट विभिन्न पुरस्कार पाउने व्यवस्था राखेको छ । बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार सेलेक्ट भएको खण्डमा फिल्मले ५० हजार देखि ८ लाखसम्म रकम पाउने छ भने जितेको खण्डमा त्यो भन्दा बढि रकम प्राप्त गर्ने छ ।

उनले भने,‘ आर्थिक रुपमा मात्र सिमित छैनौ । चलचित्र विकास बोर्डबाट विभिन्न ४३ ओटा देशमा चलचित्र दुत नियुक्त गर्ने छाँै । ति चलचित्र दुतहरुले सम्बन्धित देशका एम्बेसीहरु, सास्कृतिक विभागहरु मार्फत ति चलचित्र प्रदर्शनमा सहजीकरण गर्ने काम समेत गर्नेछन् । त्यसमा प्रचारप्रसार गर्न,समर्थन जुटाउन देखि लिएर स्टल लगायतको सम्पुर्ण कुराहरु राख्न सघाँउनेछन् ।’उनका अनुसार अन्तराष्ट्रिय फेस्टिभलमा विजेता बनेमा बोर्डले नियुक्त गरेका दुतहरुले अन्तराष्ट्रिय कार्यशाला गोष्टी गर्न आर्थिक कसेक्सन गरेर समेत टेवा पुर्याउनेछन् भने चलचित्र विकास बोर्डले पनि त्यसमा सहयोग गर्नेछ ।
‘अन्तराष्ट्रिय रुपमा पनि अव हाम्रा विकासका कार्यहरु,सास्कृतिक कार्यहरु,मार्केटिङका कार्यहरु,अन्तराष्ट्रिय बजारका कामहरुको सुरु हुने बाटोहरु निर्माण गरेका छौँ । यो फिल्मकर्मीकोलागि ठुलो प्रोत्साहन हो ,राज्यकोतर्फबाट । सबै भन्दा पहिला तपाईको चलचित्रका व्यानर देख्दा ,नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय चलचित्र विकास बोर्डको सहयोगमा निर्मित भन्न पाउनुहुनेछ छ । यो भन्न पाउनु हामी चलचित्रकर्मीको लागि ठुलो कुरा हो । यसले अन्तराष्ट्रियमा धेरै ठुलो काम गर्छ । इन्टर नेश्नल फौण्डिङ जुटाउन पनि यसले धेरै सहयोग पुग्छ ,’उनले भने,‘ अव यसको ऐन नै पास भएको खण्डमा त अझ बढि नै सहयोग हुन्छ, जुन वातावरण हामीले बनाएका छाँै । यो विधयक पास हुन अलिक समय लाग्ला अव । तर, त्यो पास हुनुभन्दा पनि अगाडी बोर्डले आफ्नै तर्फबाट आवश्यक सबै प्रक्रियाहरुमा सहयोग गर्छ । यो सबै लागु भइसकेका छन् । अन्तराष्ट्रिय फेस्टिभलमा सहभागी हुने चलचित्रले बोर्डको सहयोग पाउनेछन् । कान्स ,भेनिस अस्कार अवार्ड लगायतमा सहभागी भएका चलचित्रले बोर्डको सहयोग पाउनेछन् ।’

फिल्मको लागि कथा राम्रो भएको र अन्तराष्ट्रि फेष्टिभलमा सहभागीका लागि बोर्ड सधैँ सहयोग गर्न लागिपर्ने बोर्डका अध्यक्ष दाहाले बताए । उनका अनुसार कथा भयानक राम्रो छ । अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएको खण्डमा विभिन्न सुविधा बोर्डबा पाउनु राम्रा फिल्म निर्माण गर्छु भन्नेका लागि ठुलो प्रोत्साहन हो ।
अहिले यो प्रोत्साहन स्वरुप भएको कुराको विरोध आइरहेको समेत दाहालले बताए । राम्रो कथावस्तुलाई प्रोत्साहन गर्न आफु लागि परेकोमा केहि विरोधका स्वरहरु समेत आइरहेको उनको भनाई छ । तर, यसमा आफु नझुक्ने उनको अडान छ ।
‘अहिले यहाँ कसैले विरोध गर्नुमा मलाई केहि छैन । दयाराम दाहालका आफ्ना मान्छेलाई दिन लागेको त हो नि भन्ने गरेको सुन्छु । यसमा पनि मलाई कुनै सरोकार छैन । किनभने मेरो छोरो फिल्म मेकर होइन, मेरो श्रीमती फिल्म मेकर होइन’उनले भने,‘ मेरो दाजुभाई कोही पनि फिल्म मेकरका रुपमा रहेका छैनन् । मैले कसलाई दिनु छ र ? म आफै फिल्म मेकर म हो ।’
चलचित्र राम्रो बनाउछु भन्ने नियमका कलाकर्मीलाई बोर्डकाबाट पाओस सुविधा भन्ने आफ्नो धारणा रहेको र चलचित्रकर्मीलाई प्रोत्साहन हुनुका साथै राम्रो चलचित्र बन्ने वातावारण निर्माण हुने अध्यक्ष दाहालको छ ।

स्टोरी बैक
गत वर्षबाट चलचित्र विकास बोर्डले स्टोरी बैकको स्थापना गर्यो । यस स्टोरी बैकमा राम्रो कथा वस्तु प्राप्त हुने र राम्रो फिल्म निर्माण हुने अपेक्षाका साथ बोर्डले स्टोरी बैकको स्थापना गरेको हो । हालसम्म यो बैंकमा निकै ओटा कथाहरु जम्मा भएका थिए । केहि कथाहरु समेत छनोट बोर्डले गरिसकेको छ ।
यहि आर्थिक वर्ष लागुभएपछि चलचित्र विकास बोर्डले पुनः स्टोरी बैकका लागि कथा वस्तुका लागि आह्वान गरेको छ । अघिल्लो वर्ष कथा तथा पटकथा आह्वानबाट प्राप्त भएका ३ वटा फिचर फिल्म र ३ वटा छोटो फिल्मले बोर्डको आर्थिक सहयोगमा फिल्म निर्माण हुँदैछन् ।
‘स्टोरी बैकका कुराहरु रहेका छन् । मौलिक कथालाई चलचित्र विकास बोर्डले सहयोग गर्छ । आर्थिक वर्ष गत असार मसानतसम्म केहि कथाहरु छनोट भइसकेका छन् । ३ वटा फिल्मले बोर्डका तर्फबाट आर्थिक सहयोग पाउदैछन् । यि फिल्महरुले मेकिङमा सह–निर्माणमा आर्थिक सहयोग प्राप्त गर्नेछन् भने दुइ वटा सर्ट फिल्मले आर्थिक सहयोग पाइसकेका छन् । अवको वर्षमा भने २ वटा बढि कथा थपेर आर्थिक सहयोग गर्दैछौँ । एक पछि अर्को वर्ष यसको दायरा पनि बढाउदै लैजानेछौँ,’ अध्यक्ष दाहालले भने ।

कसरी छनोट गर्छ

अहिले कथा तथा पटकथाका लागि नयाँ आर्थिक वर्षबाट आह्वान भइसकेको छ । साउन १ गतेबाट यो सुचना आह्वान भइसकेपछि फिल्म दर्ता हुने कुरामा बोर्ड आश्वस्त देखिएको छ ।
बोर्डका अनुसार नयाँ कथा दर्ता भइसकेपछि दर्ता भएकाबाट पनि प्रतिष्पर्धा गरेर सर्ट लिष्ट गरेर चलचित्र विकास बोर्डलाई सिफारिस गर्छ । चलचित्र विकास बोर्डले ५ वटा फिल्मको दिदै छ । यसरी सिफारिसका लागि उसले १५ वटा सिफारिस गर्छ । यसरी सिफारिस गरेको १५ वटा चलचित्रलाई विकास बोर्डले नेश्नल तथा इन्टरनेश्नल फिल्ममेकरहरुलाई बोर्डमा बोलाएर उनीहरुको अगाडी प्रिजेटेशन गर्नेछ । यसरी प्रिजेटेनश गरेपटि लगानीकर्ताले फिल्ममा लगानी गर्न सक्ने सम्भावना बढेर जानेछ ।
यस्ता कार्यक्रम आयोजना गरेपछि यो फिल्मका लागि लगानी गर्छु भन्ने फिल्ममेकरहरु आउनेछन् । यसरी १५ वटा फिल्म प्रिजेन्ट गर्दा पनि कोही फिल्ममेकर नआएको खण्डमा ५ वटा फिल्मलाई भने बोर्डबाट आर्थिक सहयोग गर्दै फिल्म निर्माणमा सहयोग गर्नेछ ।
यति कथावस्तु यति नै आह्वान गर्ने भन्ने छैन । अध्यक्ष दाहालले भने,‘आह्वान त धेरैलाई गरिन्छ तर, छनोट चाही १५ वटा मात्रै गर्ने हो । यो १५ वटालाई नेश्नल तथा इन्टरनेश्नका फिल्ममेकरका अगाडी प्रचारप्रसार सहित प्रस्तुत गर्छौँ । तर ,कसैले लगानी नगरेको खण्डमा भने बोर्डले आफै ५ वटा कथामा लगानीका लागि आर्थिक सहयोग गर्छ । १० वटा कथालाई स्टोरी बैकमा नै राख्छौ । जुन भोली कसैले लगानी गर्न चाहेको खण्डमा लगानी गरेर चलचित्र निर्माण गर्नसक्छ ।’

कथालाई मोडेर निर्माण गर्न नपाईने 

स्टोरी बैकबाट छनोट भएको कथालाई फिल्म निर्माण गर्दा मोडेर निर्माण गर्न पाइने छैन । बिकास बोर्डले यस्तो हेर्नेछुट्टै टिम खडा गरेर फिल्म निर्माण भइरहेको ठाउँमा अनुगमन समेत गर्नेछ ।
‘चलचित्र विकास बोर्डमा प्राविधिक टिम भन्ने हुन्छ । यसले लेखिएको कथावस्तु अनुसार फिल्म निर्माण भए नभएको हेर्छ । यदि वस्तु अनुसार नभएको खण्डमा यो भएन है भन्ने काम प्राविधिकको हो । यसले सम्झाउँदा पनि भएन भने बोर्डले लगानी गर्दैन । प्राविधिकमा विशिष्ट ज्ञान भएको समिती बन्छ । त्यो समिती बनेपछि त्यसकै रेखदेखमा फिल्म निर्माण हुन्छ,’बोर्डका अध्यक्ष दाहालले भने ।

फिल्म पढ्नेका लागि अवसर

बोर्डले अहिले फिल्म पढिरहेका विद्यार्थीका लागि पनि एउटा अवसर भएको बताएको छ । फिल्म पढ्ने विद्यार्थीले राम्रो कथावस्तु लेख्न सक्ने भएकाले पनि यो अवसर उनीहरुका लागि भएको बोर्डको भनाई छ । ‘यसले के गर्छ भने स्कुल पढ्ने , कलेज पढ्ने फिल्म मेकरहरु छन् नि तिनीहरुलाई प्राक्टिकल गर्नका लागि पनि एउटा प्लेटफर्म भएको छ । उनीहरुसँग राम्रो कथा छ,राम्रो ज्ञान आर्जन गरेका छन् भने यसमा कम्पिटिसन गरेर आफुलाई राम्रो थेसिस बनाउन सक्ने भए । अनि ५ वटा फिल्मलाई चाही किन पुर्याउने भन्दा ३ वटा अलिक कम भयो । मेरो त सोच भनेको १२ वटा बनाउने हो,’बोर्ड अध्यक्ष दाहाले भने,‘ गत वर्ष ३ वटा कथा सेलेक्ट भए भने यो वर्ष ५ वटा फिल्म सेलेक्ट हुनेछन् । अर्को आर्थिक वर्षपछि भने हामी १० वटा बनाउने सोच रहेको छ । त्यस्तै त्यसपछि भने १२ वटा फिल्मका कथा पुर्याउने हो । महिनामा एउटा वटा चलचित्र विकास बोर्डको सहयोगमा चाही राम्रो कथामा फिल्म निर्माण हुनेछन् । जहाँ विशेष खाल्का फिल्म हुनेछन् ।’

चलचित्र विकास बोर्डले कथावस्तु लेख्दैमा फिल्मका लागि रकम सहायोग गर्छ भन्ने छैन । फिल्मको कथामा मौलिकता, यथार्त परक, कलात्मक, राष्ट्रियसँग जोडिएको कुरा हुनु पर्नेछ भने इतिहाससँग जोडिएको कथालाई बार्ड विशेष स्थान दिनेछ । साथै हाम्रो सामाजिक ,सास्कृतिक,विभिन्न जाताजातीका कथाहरु समावेश भएको खण्डमा बोर्डले लगानी गर्ने अध्यक्ष दाहालले बताए ।
‘जहाँ मौलिकता, यथार्त परक, कलात्मक, राष्ट्रियसँग जोडिएको कुरा हुनेछ भने इतिहाससँग जोडिएको कुरा होस् । त्यस्तै हाम्रो सामाजिक ,सास्कृतिक,विभिन्न जाताजातीका कथाहरु छन । ति मौलिकताहरु फिल्ममा आउनु भन्ने चाहाना राखेर यो स्टोरी बैक निर्माण गरिएको हो,’उनले भने,‘हाम्रो भौगोलिक कथाहरु पनि समावेश रहुन भन्ने कुरालाई ध्यानमा राखि स्टोरी वैक निर्माण गरिएको हो । यस्ता कथाहरु आएको खण्डमा विकास बोर्डले फिल्म निर्माणमा सहयोग गर्नेछ । जुन पायो त्यहि कथालाई बोर्डले सहयोग गदैन ।’