अफगानिस्तान र पठान : बलिवुडले समेटेका ‘काबुलीवाला’देखि’टोरबाज’सम्मको किस्साको

अफगानिस्तान र त्यहाँका बासिन्दाको झल्को हिन्दी फिल्महरूमा देखिने गर्छ। अफगानिस्तानको पठानलाई बलिवुड फिल्लमले बेलाबेलामा उपयोग गर्दै आइरहेका पनि छन्।  सुरुवाती हिन्दी सिनेमामा पठानको भूमिकालाई केही नकारात्मक देखाउने गरिन्थ्यो। पछि उनीहरूले आफ्नो भूमिका परिवर्तन गर्दै नायकत्व देखाउन थालेका छन्।

भारतीय अभिनेता प्राणले ‘जन्जीर’ फिल्ममा पठानको भूमिका दमदार निभाएका छन्। हुन त, जन्जीरमा अमिताभ बच्चन प्रमुख पात्र थिए। तर, प्राणको भूमिका पनि कम थिएन।  जन्जीर फिल्म छायांकन गर्दा अमिताभको भन्दा प्राण दर्शकका प्रिय थिए। दर्शक प्राणको नाम लिएर सिनेमा हेर्न आउँथे।

जन्जीरमा प्राणले ‘शेर खान’ पात्रको भूमिका निभाएका थिए, जसले जुवाघर चलाउने गर्थ्यो। र, अमिताभले इनेस्पेक्टर विजयको भूमिका निभाएका थिए। जहाँ शेर खान (प्राण)लाई थानामा बोलाएर विजय (अमिताभ)लाई केरकार गर्छन्। थानाको दृष्य निकै यादगार छ। जसमा अमिताभको एउटा संवाद निकै चर्चित भएको थियो– ‘यो पुलिस स्टेसन हो। तिम्रा बाउको घर होइन।’ अमिताभ बच्चनको करियरको मोड थियो, जन्जीर।

काबुलीवाला

अलिकति पछाडि फर्केर हेरौँ। सन् १९६१ मा बलराज सहानीलाई लिएर बनाएको ‘काबुलीवाला’ त्यो समयको हिट फिल्म हो। जुन अफगानिस्तानमा बस्ने अब्दुल रहमान खानको कथा थियो। यस कथालाई रवीन्द्रनाथ टेगोरले १८९२ मा लेखेका थिए। टेगोरको यस कथामा आधारित यो फिल्म थियो।

हरेक वर्ष अब्दुल अफगानिस्तानबाट कलकत्तामा आएर ड्राइफुट बेच्ने गर्थे। यसै बेला उनले मिनी नामकी एक बालिकालाई माया गर्न थाल्छन्। मिनीलाई उनी आफ्नो छोरीको रुपमा हेर्छन्।

निकै भावुक कथालाई संवेदशील ढंगले फिल्ममा देखाइएको छ। प्रेम धवनले लेखेको र सलिल चौधारीले संगीत भरेको, मन्ना डेले गाएको,  ‘ए मेरे प्यारे वतन’ जस्तो सदाबहादर गीत यसै फिल्ममा रहेको छ।

दुई पटक बंगाली भाषामा बनेपछि हिन्दीमा बनेको थियो।

यसैगरी १९७७ मा जोगिन्दरले ‘पण्डित और पठान’ नामको फिल्म बनाएका थिए। जसमा पठानको भूमिका जोगिन्दरले निभाएका थिए। यस सिनेमामा दुई देशको धर्ममा एकता हुनुपर्छ भन्ने थियो।

अफगान जलेबी

अफगानी ड्राइफुट भारतमा प्रख्यात छ। तालिवान सत्तामा पुग्ने बित्तिकै भारतमा अफगानी ड्राइफुट महङ्गिएको चर्चा छ। गायक किशोर कुमारको एउटा प्रसिद्ध गीत छ, ‘मेरा नाम अब्दुल रहमान’। यो गीत १९५६ मा आएको ‘भाइ भाइ’ फिल्मको हो। जसमा गायक किशोर कुमारले गीतमा पठानको भूमिका गर्दै ड्राइफुट बेचेका छन्। यसरी समय–समयमा हिन्दी फिल्ममा अफगानिस्तानको पठान देखाइँदै आइएको छ।

फिल्म ‘फैंटम’मा ‘अफगान जलेबी’ बोलको गीत पनि लोकप्रिय भएको थियो। जसमा क्याटरिना कैफले अभिनय गरेकी थिइन्।

खुदा गवाह

यस्तै खुदा गवाह पनि अफगानिस्तानमा सुटिङ भएको थियो। १९९२ मा मा बनेको यो फिल्ममा अमिताभ बच्चन र श्रीदेवीको मुख्य भूमिका थियो। यो फिल्मको कथा अफगानिस्तान, भारत र नेपालसँग जोडिएको थियो। फिल्ममा काबुल र मजार ए शरीफमा छायांकन गरिएको थियो। फिल्ममा अमिताभ बादशाह खान र श्रीदेवी बेनजीर नामको पात्रको भूमिकामा थिए। अफगानिस्तानमा सबैभन्दा बढी हेरियो फिल्म ‘खुदा गवाह’ थियो।

काबुल एक्सप्रेस नामको फिल्म पनि अफगानिस्तानमो छायांकन गरिएको थियो। २००६ मा सुटिङ गरिएको यो फिल्मले अफगानिस्तानको बेइज्जती गरेको आरोप खेप्नु परेको थियो। ‘इस्केप फ्रम तालिबान’ नामक बंगाली फिल्म पनि अफगानिस्तानमा छायांकन भएको थियो।

सुष्मिता बेनर्जीले लेखेको ‘अ काबुलीवालाज बंगाली वाइफ’ नामक कथाबाट प्रभावित भएको थियो। जसमा बंगाली ब्राह्मण केटीले अफगानी व्यवसायिक केटासँग विवाह गरेर अफगानिस्तान जाएको कथा छ। पछि तालिवानले ती महिलामाथि धर्म परिवर्तन गर्न दबाब दिन्छन्। ६ वर्षको संघर्षपछि महिला आफूलाई बचाएर भारत फर्किन्छिन्। यो सुष्मिताको कथा थियो। जसलाई २०१३ मा तालिबानले हत्या गरेको थियो। यस फिल्ममा मुख्य सुष्मिताको भूमिका मनिषा कोइरालाले गरेकी छिन्।

धर्मात्मा

अफगानिस्तानमै सुटिङ भएका फिल्म पनि छन् बलिवुडमा- १९७५ मा ‘धर्मात्मा’ पठान क्षेत्रमा छायांकन भएको थियो। फिरोज खान, हेमा मालिनी, रेखा, डैनी प्रेमनाथ, रञ्जीत मदनपुर जस्ता कलाकारले यो फिल्ममा अभिनय गरेका थिए।

‘धर्मात्मा’ हलिवुड फिल्म ‘द गडफादर’बाट प्रेरित थियो। पहिलोपटक दर्शकले अफगानिस्तानको अर्गानिक दृष्यहरु हेर्न पाएका थिए। पछि फिरोज खानले ‘जानशी’ नामको फिल्मको केही भाग छायांकन गर्न अफगानिस्तान नै पुगेका थिए। यस फिल्ममा फिरोज खानका छोरा फरदीन खान र सेलिना जेटली मुख्य कलाकार थिए।

टोरबाज

सन् २०२० मा सञ्जय दत्तलाई लिएर ‘टोरबाज’ फिल्म नेटफ्लिक्समा हेर्न पाइएको थियो। काबुलस्थित भारतीय दूतावासमा काम गर्नेको कथालाई यो फिल्मले विषयवस्तु बनाएको थियो। जसलाई अफगानिस्तानमा सुटिङ गरिएको थियो।

पठान

शाहरुख खान अभिनित फिल्म पठान पनि छिट्टै रिलिजको तयारीमा छ। दिपिका पादुकोण, जोन अब्रहम र शाहरुख खान समेत रहेको पठानको छायांकन पनि अफगानिस्तानीमा नै गरेको अड्कल गरिन्छ। र, यतिखेर शाहरुख खान अफागानिस्तानको पठानको भूमिका छन् भन्ने अनुमान फिल्मनगरीमा छ। वेव दुनियाँबाट