नेपाली फिल्म ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने

नेपाली फिल्म ‘एट्टीन’ अमेजन प्राइममा रिलिज हुने भएको छ । नेपाल र बेलायतमा छायांकन गरिएको फिल्मलाई प्रेम लामाले लगानी र निर्देशन गरेका छन् ।
नेपालमा हुर्किएर बेलायत पुगेको पहिलो पुस्ता र बेलायतमा नै जन्मिएर हुर्किएको दोश्रो पुस्ताविचको अन्तर, मनोविज्ञानलाई प्रस्तुत गरेको छ ।
फिल्ममा प्रसुना कँडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायती कलाकारहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज लगायतको अभिनय छ ।
तारादेवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्माण भएको यो फिल्ममा चन्द्रकुमार डोङ र ताराप्रकाश लिम्बुको संगीत, किरणराज थापाको सम्पादन, कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको छायांकन छ । निर्माता तथा निर्देशक लामाले यसअघि ३ वटा फिल्म बेलायतमा नै निर्माण गरिसकेका छन् ।