कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुको निर्माणमा ७ वटा फिल्म

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीहरुले सात ओटा फिल्म निर्माण गरेका छन् । उनीहरुले एकेडेमीमा पढेको, सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर फिल्म निर्माण गरेका हुन् । एकेडेमीबाट ग्राजुएट भएका विद्यार्थीहरुले बनाएको ७ वटा सर्ट फिल्मलाई वान सिनेमाज् हलमा प्रदर्शन गरेका छन् ।

ग्राजुएट सकेका विद्यार्थीको विदाई कार्यक्रममा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, बर्षा पौडेलको ‘सेफ्टी पनि’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’ र रजिना अर्यालको ‘आखिर किन ?’ फिल्म प्रदर्शन गरिएको हो ।

यि सबै फिल्मको काम एकेडेमीमै अध्ययन गरेका विद्यार्थीहरुको गरेका थिए । फिल्म हेर्नका लागि अभिनेता राजेश हमालको समेत उपस्थिति रहेको थियो । अभिनेता हमालले फिल्म हेरेर फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा हमालका अलवा अन्य फिल्मकर्मीहरुमा ज्ञानेन्द्र देउजा, सुवर्ण थापा, दीवाकर भट्टराई, रेनसा बान्तवा राई, मुस्कान ढकाल, रोशन हमाल, गोपाल कायस्थ, साहिल खान, विधान कार्की, सरिता गिरी, दशरथ गिरी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले कोरोना महामारीको कारण फिल्म क्षेत्रमा केही गर्छु भनेर अध्ययन गरेका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको बताउदै उनीहरुलाई सबैले प्रोत्साहित गर्नु पर्ने बताए ।