चर्चित टिकटक स्टार स्मारिका ढकालको सम्बन्ध विछेच्द
पछिल्लो समय टिकटिकमा छाएकी चर्चिच चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् । उनले टिकटककै भिडियो मार्फत आफुहरुको सम्बन्ध अगाडी बढाउन नसकेको भएको कारण सम्बन्ध विच्ेछद गर्नुपरेको बताइकी थिइन तर स्ष्प्रट रुपमा भने खुलाएकी थिइन उनले भिडियोमा समय आएपछी सबैकुरा भन्ने अहिले भन्छु तर अहिले भने फेक अकाउन्ट बनाएर नभएको कुरालाई लिएर नराम्रो कमेन्ट गर्न बन्द गर्न आग्रह गरेकी थिइन् । तर अहिले भने स्मारिकाका श्रीमान विवेक अधिकारीले टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् ।
‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’
डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् । विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे ।
‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला ।’
प्रतिक्रिया