‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास नगर्नु : किरण केसी
आज गाईजात्रा । रिपोर्टर्स क्लबमा आयोजना गरिएको गाइजात्रा कार्यक्रममा धेरै हास्यकलाकारहरुको सहभागी थियो । सोही कार्यक्रममा हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो… गीत प्रस्तुत गरेका थिए । उनले समस्या पुरानै छन् तन्त्र र मन्त्र नयाँ भन्दै ‘बाँदरको हातमा नरिवल’ शीर्षकमा सरकारप्रति ब्यङग्य गरेका थिए । उनले कोरोना भाइरसबाट कसरी जोगिने विषयमा नेवार समुदायमा बोलिने शैलीलाई अपनाएर सन्देशमुलक क्यारिकेचर समेत गरेका थिए । उनले क्यारिकेचरमार्फत भाइरसबाट जोगिने उपायहरुको बारेमा जानकारी दिएका थिए । उनले जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास नगर्न पनि आग्रह गरे ।
केसीले पत्रकार धमलाले ऋषि धमलाले टेलिभिजनमा अन्तर्वार्ता लिँदा ४ हात खुट्टा फालेर लिने आफ्नै शैली राम्रो भएको भन्दै आफ्नै स्टाइललाई निरन्तरता दिनसमेत आग्रह गरे । उनले पत्रकार धमलाले आफ्नी श्रीमती एलिजा गौतमलाई पनि राम्रो कलाकार बनाएको प्रंशसा गर्दै भने, ‘तपाईले अहिले गरिरहेको कर्मलाई यसैगरि निरन्तरता दिँदै जानुस् ।’
प्रतिक्रिया