म कफि लभर होइन तर साथीहरुसँग बसेर समय बिताउन रमाइलो लाग्छ :पूजा शर्मा

अभिनेत्री पूजा शर्माले आफ्नो उनले कार्यक्रममा बोल्दै रक्षा बन्धनको दिनमा आफ्नो दाजुभाई नभएपनि मिस नहुने तर्क गरिन् ।

उनले आइतबार काठमाडौंको लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गर्दै भनिन्,‘आफ्नै आमाको कोखबाट जन्मिएका दाजुभाई नभएपनि मैले चलचित्र क्षेत्रमा लागेर धेरै दाजुभाई बनाएकी छु । यसैले पनि मलाई आफ्नै दाजुभाई भैदिएको भए हुन्थ्यो भन्ने सोच कहिले पनि आउँदैन ।’

उद्घाटन कार्यक्रममा पूजा शर्माका अलवा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पुगेका थिए । ‘कफि बेबी’ को उद्घाटनमा गर्दै पूजाले आफू कफि लभर नभएको बताइन् । ‘आफु कफि नै भनेर पछि नलागेता पनि साथीहरुसँग कफि सपमा पुगेर समय बिताउन भने रमाइलो लाग्छ, पुजाले भनिन् ।

यता संगीतकार अर्जुन पोखरेलले र गायिका दुर्गा खरेलले भने आफूहरुले अहिले कफि पिउन थालेको बताए । केहि समय अघिसम्म कफिमा खासै चाख नलागेता पनि पछिल्लो समय कफि पिउने गरेको दाबी गरे । नेपालमा पछिल्लो केहि वर्ष यता कफि लभरको बाहुल्यता ह्वात्तै बढेको देखिन्छ ।