हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा
हलिउडको चर्चित जेम्स बन्ड सिरिज ‘नो टाइम टु डाई’को रिलिज मिति घोषणा गरिएको छ । हलिउड अभिनेता ड्यानियल क्रेग फेरि एकपटक जेम्स बन्डको भूमिकामा देखिँदै छन् । कोरोना महामारीका कारण धेरैपटक रोकिएको चलचित्र अन्ततः रिलिज हुने भएको छ । पहिलोपटक सन् २०२० को अप्रिलमा रिलिज मिति तोकिएको थियो । चलचित्रको वर्ल्ड प्रिमियर आउँदो सेप्टेम्बर २८ तारिखमा लन्डनको रोयलअल्बर्ट हलमा हुँदै छ । त्यस्तै, लन्डनमा अक्टोबर ८ मा रिलिज हुँदै छ ।
निर्देशक क्यारी जोजी फुकुनको निर्देशन रहेको चलचित्रमा ड्यानियलको ब्रिटिस गोप्य एजेन्टको रूपमा अन्तिम अभिनय रहनेछ ।
प्रतिक्रिया