प्रकाश सपुतको “कुरा बुझ्न पर्च” को सफलता ट्रेन्डिङ १ मा कायममै

गायक प्रकाश सपुतको गीतहरु दर्शकरुले मनपाराएका नै हुन्छन् । अहिले टिकटक र अन्य सामाजिक संजालको हुटहुटीमा केही समय गीतले प्राथमिकता पाएतापनि छोटो समयमा नै ओझेल पर्ने गर्छ तर यस पटक भने गायक सपुतको गीत कुरा बुझ्न पर्च सार्वजनिक भएको १४ दिन पुगेको छ तर अहिले सम्म भने ट्रेन्डिङ १ मा नै कीर्तिमान कायममै रहेको छ । यसरी एउटै गीत ट्रेन्डिङ १ नै कीर्तिमान रहनु सफलचा संगसंगै एक उदाहरण पनि हो । सपुतको सिर्जनामा गायिकाद्वय अस्मिता अधिकारी र शान्ति श्रीले गाएको यो गीत एकपछि अर्को कीर्तिमान रच्दै अघि बढेको छ ।

अहिले पनि यो गीत नेपालमा युट्यूवको १ नम्बर ट्रेन्डिङबाट तल ओर्लेको छैन । १५ दिनसम्म एउटै भिडियोले एक नम्बर स्थान ओगट्नु पनि दुर्लभ कीर्तिमान हो । गीतमा १० हजारभन्दा बढी प्रतिक्रिया आइसकेका छन् । अधिकांश प्रतिक्रिया सकारात्मक देखिन्छ । गीतमा शान्ति श्री परियार र समीक्षा अधिकारीको स्वर सुन्न पाइन्छ ।

प्रकाशकै शब्दसङ्गीत रहेको गीतमा सङ्गीत समायोजन कृष्ण विक ‘भान्जा’ ले तयार गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडिओ प्रबिन भट्टले सम्पादन गरेका छन् । विवेक खड्काको कोरियोग्राफी रहेको भिडिओको कन्सेप्ट तथा निर्देशन प्रकाश स्वयमले गरेका छन् । सार्वजनिक भएको १३ घन्टामा ट्रेन्डिङ १ मा पर्न सफल यस गीतले २४ घन्टामा १० लाख भ्यूज कटाएको थियो । १५ दिनको छोटो समयमा गीतले एक करोड भ्यूज कटाएको छ । गायक सपुतलाई सफलताको शुभकामना ।”