सदस्यता नलिकन काम गर्न नपाउने नियम चाहिँ नलगाई दिनुहोला : रामजी

नेपाली म्युजिक भिडियो निर्देशक राजमी लामिछानेले हालै गठन भएको म्युजिक भिडियो निर्देशक समाजलाई ब्यंग्य गर्दै सबै बिद्यालाई एउटैमा गाभ्न मिल्दैन भनेर प्रश्न गरेका छन् । 

उनले नयाँ खुलेको निर्देशक समाजलाई सदस्या नलिइकन काम गर्न नपाउने व्यवस्था चाही नलाईकन आग्रह गरेका छन् ।   उनले भनेका छन्,‘ फेरि के के बिधा छुट्टाएर । म्युजिक भिडियोमा आवद्धहरुको संघ खोल्नी तयारी हुँदै छ रे नि त । सबै बिधालाई एउटैमा गाब्न मिल्दैन र भनेको । विनम्र अनुरोध :- कृपया सबैको सदस्यता नलिकन काम गर्न नपाउने नियम चाहिँ नलगाई दिनुहोला है । यहाँ संघ धाउदा धाउदा काम फुस्किन्छ ।’

हिजो म्युजिक भिडियो निर्देशक विधान कार्कीको नेतृत्वमा नेपाल म्यूजिक भिडियो निर्देशक समाज गठन भएको थियो ।