रिलिजको दिनमै यस्तो रहयो ‘बेल बटम’को व्यापार…

महामारीको दोस्रो लहरलाई झेल्दै बिहीबारबाट नयाँ हिन्दी फिल्म ‘बेल बटम’ रिलिज भएको छ । महामारीयता कुनै पनि ठूलो स्टारको फिल्म सार्वजनिक भएको यो पहिलो अवसर थियो । यो फिल्ममा अक्षयकुमार लारा दत्ता, हुमा कुरेसी, वाणी कपुरजस्ता कलाकारको अभिनय रहेको थियो । महाराष्ट्र लगायत थुप्रै देशका हलहरु अझै सञ्चालनमा नआए पनि निर्माण टिमले रिस्क मोलेर हलमा नै रिलिज गरेको हो ।

तर, रिलिजको २४ घण्टा नपुग्दै चलचित्र पाइरेसीको शिकार बनेको छ । ओटीटी प्लेटफर्मले राम्रो रकममा अनलाइन रिलिजको प्रस्ताव गर्दा पनि नकारेको निर्माण टिमका लागि यो खराब संकेत हो ।

नवभारत टाइम्सका अनुसार रिलिज भएको केही घण्टामा नै ‘फिल्मीवेब’, ‘तमिलरकर्स’लगायत पाइरेटेड साइटहरुमा लिक भएको हो । चलचित्रले समक्षीक र दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । छिल्ला केही वर्षमा अक्षयकुमारका फिल्मले पहिलो दिन २० करोड हाराहारी व्यापार गर्ने गरेका थिए । व्यापार विश्लेषकले सुस्त बजार प्रवद्र्धन र विदा नभएको दिनमा फिल्म रिलिज हुनुलाई कम व्यापार हुने कारण मानेका छन् । तर, शनिबार र आइतबार सरकारी विदा भएकाले फिल्मको व्यापार बढ्ने उनीहरूको अनुमान छ । यसरी विकेन्डभरमा फिल्मले १५ करोड हाराहारीको व्यापार गर्ने अपेक्षा गरिएको छ ।

इमर्जेन्सीको पृक्ष्ठभूमिमा बनेको फिल्मलाई समीक्षकले औसत प्रतिक्रिया दिएका छन् । फिल्मको पहिलो भाग राम्रो रहेको र दोस्रो भाग तथा क्लाइमेक्स तन्काएको उनीहरूको टिप्पणी छ । त्यसका बावजुद फिल्म हेरुन्जेल रमाइलो रहेको उनीहरूले समीक्षामा उल्लेख गरेका छन् ।