राजेश हमालले भने: कलाकार हुन र कलाकारिता क्षेत्रमा आउनु मात्र ठुलो कुरा होइन, ३१ जना विद्यार्थी ग्रेजुएशन
कान्तिपुर फिल्म एकेडेमीको ग्रेजुएशन कार्यक्रम हिजो बिहीबार सम्पन्न भएको छ । एक वर्षको फिल्म सम्बन्धी पठनपाठन (कोर्स) पढ्न पाइने कान्तिपुर फिल्म एकेडेमीबाट २०१९ र २०२० मा अध्ययन गरेका विद्यार्थीहरूको सिकाई र बुझाई सँगै उनीहरूलाई अझ हौसला प्रदान गर्ने उद्देश्यले अहिलेको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै केही पत्रकार र विशेष फिल्मकर्मी , फ्याकल्टी मेम्बर र विद्यार्थीहरूको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । जसमा मौसमी गुरुङ्गको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, बर्षा पौडेलको ‘सेफ्टी पीन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, रजिना अर्यालको ‘आखीर कीन ?’ र सौरभ ओलीको ‘कोकनबारी’ प्रदर्शन भएका थिए । उक्त ग्रेजुएशन कार्यक्रममा महानायक राजेश हमालको पनि उपस्थिति थियो उनले ग्रेजुएशन गरेका विद्यार्थीहरूलाई बधाई समेत दिएका छन् ।
सोही कार्यक्रममा राजेश हमालले भनेका छन् कलाकार हुन र कलाकारिता क्षेत्रमा आउनु मात्र ठुलो कुरा होइन यो क्षेत्रमा दिगो भएर रहनु ठुलो कुरा हो । हामीले केही बन्छु भनेर आइसकेपछि एउटा छाप छोड्न सक्नुपर्छ । उनले भनेका छन् सिनेमामा आउन भयो धेरै राम्रो हो तर यहाँ थोरै तितोसत्य पनि छ सिनेमा क्षेत्रमा कार्यरत हुनको लागी हरेक समय हरदम हामीले चुनौतीको सामाना गर्नुपर्छ । सिनेमा क्षेत्र विगत दुईवर्ष देखी नै ठप्प छ । यहाँ ग्रेजुएशनमात्र भएर हुन्न नयाँ दिन सक्नुपर्छ । सिकाई सबैको एउटै होला तर त्यो सिकाइबाट फरक सिर्जना दिन सक्नुपर्छ । यहाँ हर कोही अरूको सिर्जना हेर्न आतुर छन् ।
सिनेका एक लोकतान्त्रिक क्षेत्र हो यहाँ जो पनि फिल्ममा प्रवेश गर्न सक्छ जो कोहीले फिल्म खेल्न सक्छ तर कति सम्म त भन्ने पनि हुन्छ त्यसैले आफूलाई प्रोफेसनल बनाउनुस् । उनले थपे हामी युनिक बन्न जरुरी छ समाजले के चाहीरहेको छ हामीले के दिएको के कुरामा मानिसहरूको बढी रुचि छ यसमा हामीले गहन अध्ययन गरेर फरक तरिकाले प्रस्तुत हुन जरुरी छ । उक्त कार्यक्रम विद्यार्थीहरूको मनस्थित र हौसलाको लागी आयोजना गरिएको कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जनाकारी दिए । विगत पाँच वर्ष देखी सञ्चालन हुदैआएको कान्तिपुर एकेडेमी अहिले सम्ममा धेरै विद्यार्थीहरूलाई सफलताको बाटो देखाउँदै आएको सिइओ पुरी बताउँछन् । उनले भने आवश्यक पठनपाठनहरूलाई हामीले विभिन्न नयाँ टेक्नोलोजीहरूलाई प्रयोग गरेर विद्यार्थीहरूलाई अध्ययन गराएका छौँ ।सोही कार्यक्रममा डाइरेक्शन १६ जना र एक्टिङ १४ जना गरी ३१ जनाले ग्रेजुएशन सक्काएका छौँ ।
प्रतिक्रिया