जनताका पक्षमा बोलेको भन्दै अभिनेत्री अजितालाई तालिबानको धम्की

तालिबानले अफगानिस्तानी अभिनेत्रीलाई धम्की दिएका छन् । अफगानिस्तानका जनताहरु बेसहारा भएपछि अफगानी मुलकी हलिउड अभिनेत्री अजिता गनीजादालाई तालिबानले धम्की दिएका हुन् ।

किनभने उनले लगातार निर्दोष जनताहरुका लागि आवाज उठाइरहेको तालिबानका विभिन्न क्रियाकलापहरु पनि बाहिर ल्याउन थालेपछि उनलाई धम्की आएको हो । अभिनेत्री अजिताले सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई समेत पनि प्रश्न गरेकी छन् । उनले अफगानीस्तानका जनताका लागि बाइडेनसँग न्याय दिन आग्रह गरेकी छन् ।
उनले सामाजिक सञ्जालले आफ्ना केहि फोटो र भिडियो शेयर गर्दै लेखेकी छन्, ‘हरेक मिनेटमा चिज बदलिन्छ । मलाई तालिबानका म्यासेज आइरहेका छन् । ‘डियर गर्ल चिन्ता नगर्नु, प्रोपोगान्डा फैलाउन बन्द गर ।’ केहि दिन अघि तालिबानले सत्ता कब्जा गरेपछि विद्रोही समूहको डरले धेरैले देश छोडेका छन् भने छोड्नेक्रम जारी रहेको छ ।