विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक

वर्षभरि अर्काको घरमा छोरीले भोग्ने पीडा व्यथा पोख्ने चाडको रूपमा तीजलाई लिने गरिन्छ । पहिलाको समयमा श्रीमानको घरमा काम गर्नुपर्ने बल्लतल्ल तीजमा माइत जान पाउने प्रचलन थियो । तीजमा मिठा मीठा पकवान बनाउने‚ खाने र गीतको माध्यमबाट पीडा पोख्ने गरिन्थ्यो भने माइत जान नपाउने चेलीले समेत गीतको माध्यममा व्यथा पोख्ने गर्थे । यही पिडा समेटेर विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएको छ ।

गीतमा तीजमा समेत माइत जान नपाएकी चेलीको पीडा व्यक्त गरिएको छ । तीज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएको छ । श्रीमानको घरलाई ‘जेल’को संज्ञा दिँदै गीत अघि बढाइएको छ । गीतमा मौलिकता हराउन थालेको प्रसङ्गमा सुन्दरमणि अधिकारीको शब्द सङ्गीत रहेको यो गीतले मौलिक तीज गीतको प्रतिनिधित्व गर्छ । कोरसमा विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन् ।