कलाकारसंघद्धारा अभिनेत्री कोइरालालाई मानार्थ सदस्यता प्रदान

नेपाल चलचित्र कलाकार संघले अभिनेत्री मनिषा कोइराला सहितलाई बिष्णुगोपाल श्रेष्ठ, राजकुमार राई लगायतलार्ई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै मानार्थ सदस्यता प्रदान गर्न लागेको जनाएको हो ।
अभिनेत्री कोईरालासंगै फिल्मकर्मी बिष्णुगोपाल श्रेष्ठ तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा फिल्मकर्मी राजकुमार राईलाई समेत संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । अभिनेत्री कोइरालाले समाजप्रतिको सेवा, योगदान र फिल्मतर्फको समर्पण एवं ख्यातीलाई कदर गर्दै नेपाल चलचित्र कलाकार संघको साउन २९ गते बसेको बैठकले संघको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिएका छन् ।

फिल्ममा अभिनय यात्राको क्रममा मनिषाले नेपाली फिल्म फेरी भेटौंला (वि.सं.२०४५) बाट अभिनय यात्राको सुरुवात गरेकी थिइन् । त्यसपछि मनिषाले भारतीय फिल्म क्षेत्रमा अभिनेत्रीको रुपमा अभिनय गर्ने मौका पाएकी थिइन् । त्यसपछि उनले सयौँ फिल्ममा काम गरेकी छन् भने राष्ट्रिय–अन्तर्राष्ट्रिय ख्याती कमाउनु सफल भएकी छन् ।

संघले वर्ष माननीय रामवीर मनन्धर, गायिका तथा माननीय कोमल वली, नगरपालिका संघका अध्यक्ष अशोक व्याजु श्रेष्ठ, फिल्मकर्मी तीर्थ थापा, बेलायतका लागि नेपालका पूर्व राजदूत दुर्गा बहादुर सुवेदी (दुबसु) लाई संघको मानार्थ सदस्य प्रदान गरेको थियो ।

फिल्म क्षेत्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई संघको कार्यसमितिले मानार्थ सदस्य प्रदान गर्ने व्यवस्था संघको विधानले गरेको छ ।