नयाँ पिढींलाइ शक्ति हस्तान्तरण गरे मुलुकले सास फेर्ने थियो कि : प्रमोद खरेल

जनता र देशसँग बेइमानी गर्न छोड्नु पर्छ ?

गायक प्रमोद खरेलले आफनो सामाजिक सञ्जाल फेसबुकमा देश र जनताको लागी उमेर सकिएका र बुढेसकालमा प्रवेश गरेका नेताहरूले विश्राम लिई युवापिढीलाई देशको जिम्मेवारी दिए देश र जनताले शान्तिको सास फर्ने थियो कि भनेर आफनो भनाई व्यक्त गरेका छन् । उनले बुढेसकालमा सत्ता र कुर्सीको लोभको कारणले सिध्याएन नै पो खोजेको होकी भन्ने तरिकाको आक्रोश सम्म पोखेका छन् ।

हेरौँ उनको भनाई जस्ताको त्यस्तै : उमेर भइन्जेल पार्टीको छायामुनि रस स्वाद गरेर बुढेसकालमा लोभ प्रतिशोधको नाममा आपसी खिचातानी गरी पार्टी टुक्राटुक्रा पारेर
जनता र देशसँग बेइमानी गर्न छोड्नु पर्छ

बरु बुढेसकालमा विश्राम गरेर नाति नातीना परिवारलाइ समय दिएर नयाँ पिढींलाइ शक्ति हस्तान्तरण गरे मुलुकले सास फेर्ने थियो कि!