यौन शोषणको आरोपमा फसे अमेरिकी गायक

अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । उनलाई एक महिलाले गायक बबमाथि यौन शोषणको आरोप लगाएकी हुन् । ति महिलाका अनुसार उनलाई १९६५ मा उनी १२ बर्षको हुँदा डिलनले यौन शोषण गरेका थिए ।
अमेरिकी एक समाचारका अनुसार न्युयोर्कको सुप्रिम कोर्टमा जेसी नामकी महिलाले मुद्दा दर्ता गराएकी छन् । आफुलाई ति महिलाले भनेकी छन् ‘अप्रिल, मे १९६५ को ६ हप्ताको दौरानमा डिलनले आफ्नो यौन शोषण गरेका थिए ।’

६८ बर्ष पुगेकी ति महिला जेसीले गत साता डिलन बिरुद्ध एक उजुरी दर्ता गराउँदै डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा उठाउँदै मदिरा खुवाएर कयौं पटक आफ्नो यौन शोषण गरेको उल्लेख गरेकी छन् ।
यता गायकले भने आफुले यौन शोषण नगरेको दावी गरेका छन् । नोवल पुरस्कार विजेता समेत रहेका डिलनले ती महिलाको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् ।
साहित्यको नोवल पुरस्कार समेत पाएका डिलन अहिले ८० वर्षका भइसकेका छन् ।