फिल्म ‘एक्स ९’ मा जोडिए राज कटुवाल

फिल्म ‘एक्स ९’ मा अभिनेता राज कटुवाल फिल्ममा आधिकारिक रुपमा भित्रिएका छन् । उनी सोमबार यस फिल्मका लागि अनुबन्धित भएका हुनु । यसअघि यो फिल्ममा अभिनेता द्वय अनमोल केसी र सौगात मल्ल फिल्ममा अनुबन्ध भइसकेका छन् ।
त्यस्तै,फिल्मको खलनायक भूमिकाको लागि बलिउड अभिनेता सोनू सूदलाई अफर गरिएको छ । तर, अहिलेससम्म कागजी सम्झौता भने भएको छैन । मौखिक सहमती भएको निर्माण टिमले केहि दिन अघि जानकारी दिएको थियाो ।
निर्माण पक्षकाका अनुसार अभिनेता द्वय पुष्प खड्का र अनुपविक्रम शाहीसँग पनि कागजी सम्झौता गर्ने तयारी निर्माण टिम छ ।

अभिनेता राज पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटीसँग प्रेममा रहेको कुराले चर्चा पाउँदै आएको छ । फिल्ममा भन्दा बढि प्रेमका कारण चर्चामा आएका अभिनेता कटुवालले फिल्म ‘लाल्टिन र लीला’ अभिनय गरेका छन् भने पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त रहदै आएका छन् ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री छन् ।
फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् ।