‘सुपर डान्सर ४’को सेटमा फर्किइन् शिल्पा शेट्टी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटमा फर्किएकी छन् । उनी यसैसाताबाट रियालिटी शोको सेटमा फर्किएकी हुन् ।

शिल्पाले गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । श्रीमानका कारण तनावमा रहेकी शिल्पा ३ हप्तापछि शोमा फर्किएकी हुन् ।

उनले रियालिटी शोबाट ब्रेक लिएपछि उनको जजका रुपमा अभाव खड्किएको दर्शकले महशुस गरेका थिए ।
सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी शिल्पालको पुनरागमनले अहिले रियालिटी शोका दर्शक तथा निर्माता खुसी देखिएका छन् । रियालिटी शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायकका रुपमा काम गर्दै आएका छन् ।

शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रुपमा बोलाइएको थियो । शिल्पाका श्रीमान राज पोर्नोग्राफी मुद्धामा न्यायिक हिरासतमा रहेका छन् । राजमाथि आरोप लागेपछि शिल्पा सामाजिक सञ्जाल प्रयोगकर्ताको ट्रोलको सिकार बनेकी थिइन् ।