नेपाल आइडलको डिजिटल अडिसन सुरु
नेपाल आइडलको चौथो नयाँ संस्करणको नेपाल आइडलका लागी भोेली देखि अडिसन सुरु हुने भएको छ । नेपाली टेलिभिजन सबैभन्दा ठूलो रियालीटी सो नेपाल आइडलले सिजन फोरका लागि डिजिटल अडिसन (आज) भदौ १ गतेदेखी सुरु गर्न लागेको छ । कोरोना कहरको कारण प्रभमवित बनेको रियालिटी शोको नयाँ सँस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी गरेको प्रोडक्सन टिमले सुरुमा डिजिटल अडिटल डिजिटल अडिसनमा जाने निर्णय गरेको हो ।
डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलको चौथो संस्करणको अडिसन पहिलेभन्दा फरक र पृथक ढंगले गर्न लागेको हो।
कसरी दिने अडिसन ?
नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन घरमै बसेर दिन सकिनेछ। अडिसनका लागि मोवाइलको प्ले स्टोरमा गएर एपी वान एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ र आफ्नै स्वरमा गाएको दुई वटा फरक विधाका गीत अपलोड गरी अडिसन दिन सकिनेछ। भदौ १ गतेदेखि सुरु हुने डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपाल आइडल प्रोडक्सन युनिटले नयाँ सिजनका लागि सबै तयारी पूरा भएको जनाएको छ। आइतबार मात्र एपीवान टेलिभिजन, नेपाल आइडल र ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलबीच नयाँ सिजनको बजार व्यवस्थापनसम्बन्धी सम्झौता भएको थियो। त्यसलगत्तै डिजिटल अडिसन सुरु गर्न लागिएको हो।
प्रतिक्रिया