म्युजिक भिडियोको छायांकन सकेर फर्केको गाडी दुर्घटना, एकको घटनास्थलमै निधन
पोखरादेखि काठमाडौंतर्फ म्युजिक भिडियो छायांकन सकेर फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दुर्घटनामा एकजनाको घटनास्थलमै निधन भएको छ भने ८ जना प्राविधिक गम्भीर घाइते भएका छन् । १४ जना चलचित्र प्राविधिक चढेको बा ३ ख ४०१४ नम्बरको उक्त गाडीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै निधन चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । मृतक युवती म्युजिक भिडियो निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् ।
अन्य घाइतेहरुमा चलचित्र प्राविधिकहरु दीर्घ गुरुङ, रमेश सुनुवार, श्याम तामाङ, विनोद लामा, नारायण गुरुङ, दीपेन्द्र थपलिया, चालक विजय र सोनी कुलुङ राई गम्भीर छन् ।
घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । प्राविधिक संघ नेफ्टाले उपचारमा आर्थिक सहयोग गरेको छ । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया