उत्तराखण्डका पवनदीप बने ‘इन्डियन आइडल’,यस्तो त उनको संघर्ष
भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन–१२ को ट्रफी पवनदीप राजनले जितेका छन् । करिब १२ घण्टा लामो फाइनल एपिसोडमा अन्य प्रतिष्पर्धिलाई उछिन्दै उनी विजेता भएका हुन् । यो रियालिटी शोमा बलिउडका स्टारहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।
रियालिटी सो सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय बनेका पवनदीप सीजन आफै गीत गाउँने र आफै बाजाहरु ब्जाउने गर्थे । केहि एपिसोड अघि उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए । सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा जन्मिएका पवनदीपका पिता सुरेश राजन समेत उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गीत गाउदै आएका छन् ।
विभिन्न युथ फेस्टिभलमा गीत गाउँदै आएका पवनदीप ‘द भ्वाइस अफ इन्डिया’मा समेत भाग लिएका थिए । उनले सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका थिए । सो समयमा उनले ५० लाख भारतीय रुपियाँ र अल्टोको कार प्राप्त गरेका थिए । उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर भएका थिए । पवनदीपको गीत सन् २०१५ मा ‘यकीन’ गीत रिलीज भएको थियो भने सन् २०१६ मा एरोन हारुन राशिदसँग एल्बममा गीत पनि गाएका थिए । उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए ।
प्रतिक्रिया