फिल्म क्षेत्रलाई राहत दिलाउन पहल गर्ने प्रचण्डको आश्वासन

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारी प्रभावित फिल्म क्षेत्रलाई राहत दिलाउन विश्वास दिलाएका छन् ।

खुमलटारमा आफूलाई भेट्न आएका फिल्मकर्मी नवल खड्कासहितको प्रतिनिधि मण्डललाई उनले त्यसका लागि सरकारलाई विशेष प्याकेज ल्याउनका लागि पहल गर्ने आश्वासन पनि दिए ।

दाहालसमक्ष खड्काले फिल्म क्षेत्रलाई अनुदान र कर छूटसहितको सहयोग प्याकेज ल्याउन माग गरेका थिए । भेटमा पार्टीका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा पनि सहभागी थिए ।