केटाहरूसँग आकर्षित हुन्छु तर केटीहरुसँग समय वितान चाहान्छु

बिग बोसका १५ औ सिजनमा चर्चामा रहेकी प्रतिष्पर्धी हुन् मुस्कान जट्टाना । उनी पछिल्लो समय निकै चर्चामा रहेकी छन् । कहिले कोरियोग्राफर निशान्त भट्ट नाम जोडिएर चर्चामा रहेकी छन् भने कहिले शो मै अरुलाई गाली तथा मुख छाडेका कारण मुस्कान चर्चामा रहिन् । उनले केहि समय अघि भोजपुरी अभिनेत्री अक्षरासँग पनि भनाभन भइसकेको छ ।

अहिले उनी आफ्नै भनाईका कारण थप चर्चामा रहेकी छन् । बिग बोस’ को १५ औं सिजन ‘बिग बोस ओटीटी’ की प्रतिस्पर्धी मुस्कान जट्टानाले आफू ‘बायोसेक्सुअल’ भएको खुलाएपछि उनको थप चर्चा भएको हो । मुस्कानले सेक्सुएलिटीको विषयमा कुराकानी गर्ने क्रममा आफू पुरुष र महिला दुवैसँग आकर्षित हुने बताएकाले महिलासँगै बस्ने बताएकी छन् ।

मुस्कानले शोमा प्रतिक सहजपालसँग कुराकानी गर्दै भनेकी छन्, ‘म केटाहरूसँग आकर्षित हुन्छु तर केटीहरुसँग सम्बन्ध बनाउनु मेरा लागि धेरै जरुरी छ ।’ उनी सामाजिक सञ्जालमा मुस नामले पनि परिचिति छिन् ।