कुलमान घिसिङ ‘तैपनि किन किन आफ्नै जस्ता लाग्ने’: दीपकराज गिरी

नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि कलाकार दीपकराज गिरीले खुशी व्यक्त गरेका छन् ।

अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य हटाएर चर्चामा आएका  घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीले नियुक्ति पत्र दिएका थिए ।  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

दीपकराजले सामाजिक सञ्जालमार्फत सरकारले कुलमानलाई पुनः नियुक्ती गरेर जनप्रिय काम गरेको बताएका छन् । उनले कुलमानको पुनः आगमनले आफु जस्ता धेरै नेपालीलाई खुसी लागेको बताएका छन्।

उनले सकारात्मक कामको सकारात्मक सन्देश जाने उल्लेख गर्दै राम्रो कामको नतिजा ढिलै भएपनि सकारात्मक हुन्छ भन्ने सन्देश गएको बताएका छन् । उनले राम्रो कामको पुरस्कार ढिलै भएपनि मिल्ने बताएका छन् ।

यस्तो छ दीपकराजले लेखेको स्टाटस

कुलमान …न काका बौ का छोरा! न आमा पट्टीका न मामा पट्टिका भने जस्ता , तैपनि किन किन आफ्नै जस्ता लाग्ने !

उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो! उफ्रियो !!यस्को मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन , आज पनि म कहिलेकाहि त्यो कालो अध्यारो र चिसो रातहरू लाइ सम्झन्छू ,त्यतिबेला सॉझ नै नपरोस जस्तो लाग्थ्यो!….करीब एक दशक त्यस्तो निरस र कष्टकर जीबन बिताउन बाध्य भइयो !!!

आज ति दिनहरू इतिहास भएका छन् ,यिनै कुलमान को आगमन पछि …हामि भावनात्मक छौ , दिमागले मात्रै होइन कहिलेकाहि मनले पनि सोच्ने गर्छौ ,त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन …तर आज ढिलै भएपनि उनको पुन: आगमनले म जस्ता धेरै नेपाली लाइ खुशि लागेको हुनु पर्छ !!

राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश पनि गएको छ !! स्वतंत्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ भने राम्रो कामको तारिफ गरिन्छ !! यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो , सरकार लाइ धेरै धेरै धन्यवाद! कुलमानजी लाइ बधाइ !! जय नेपाल !!!