शिल्पा र उनकी आमामाथि लाग्यो करोडौं ठगीको आरोप

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको पोनोग्राफी प्रकरणको घटना सेलाउन नपाउदै लखनउकी एक महिलाले शिल्पा शेट्टी र उनकी आमामाथि करोडौं ठगी गरेको आरोप लगाएकी छन् ।

भारतिय मिडियाका अनुसार लखनउका विभूतिखण्ड प्रहरी स्टेशनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन् । उनीहरुले उजुरी दर्ता गरेपछि अहिले हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी समेत गरेको छ ।

ति महिलाले ‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ ठगी गरेको आरोप लागेको हो । पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको उनीहरुमाथि आरोप छ ।

यसैको छानबिन प्रहरीले समेत थालेको छ । छानबिनको प्रहरी हिजो दिउँसो अभिनेत्री शेट्टीको जुहुस्थित घरमा मुम्बई र युपी प्रहरी पुगेको थियो । शिल्पाको घरमा प्रहरीका केही अधिकारीहरु घुमिरहेको देखिएको छ ।