दमकमा बन्यो ‘लोकेन्द्रको ठेला’

झापा दमकमा मोफसलमा रहेर कलाकारिता गर्दै आएका स्थानिय कलाकारले छोटो फिल्म निर्माण गरेका छन् । उनीहरुले हेलो दमक युटुब च्यानलमार्फत ‘लोकेन्द्रको ठेला’ नामक छोटो फिल्म सार्बजनिक गरेका हुन् ।

छोटो फिल्ममा एउटा ठेलावालाको जीवनमा आधारित रहेर निर्माण गरिएको छ भने पछिल्लो समय कोरोना महामारीले उनीहरुको जीवनमा पारेको प्रभावलाई देखाउन खोजिएको छ ।
यस छोटो फिल्मलाई लेखन तथा निर्देशक मनोज खत्रीले गरेका छन् भने फिल्ममा बिबेक राउत,दिया भण्डारी,रबिन दाहाल,पुनम कुमाल,केशब कार्की,दोर्न ढुङ्गेल र दिब्या भण्डारीको अभिनय रहेको छ ।