कर नतिर्ने सुचिमा परे गोपीकृष्ण र जय नेपाल हल

कर नतिर्ने सुचिमा काठमाडौंका दुई ठूला गोपीकृष्ण मुभिज र जय नेपाल हल परेका छन् । उनीहरुले घरजग्गा तथा सम्पत्ति कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले ३० दिने अल्टिमेटमसहितको सूचना जारी गरेको छ ।

महानगरपालिका अनुसार हललाई केही समयदेखि पटक–पटक वडा कार्यालयबाट पत्रचार गर्दा समेत कर नबुझाएको हो ।
गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना प्रकाशित भएको तीस दिनभित्र महानगरपालिकाको राजश्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेर जरिवानासहित कर बुझाउन आग्रह गरेको छ भने यदि कर नतिरको खण्डमासेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने समेत चेतावनी दिएको छ ।
लकडाउनका कारण भाडा तिर्न नसकेर एक महिना अघि नै जय नेपाल हल बन्द भइसकेको छ । त्यस्तै, यता अर्को गोपीकृष्ण हल कोरोना महामारीपछि भत्काइएको छ । यो हल भत्काएर पाँचतारे होटल, मल्टीप्लेक्स हलसहितको नयाँ भवन निर्माण भइरहेको छ । यस बारेमा अहिलेसम्म कर तिर्ने नतिर्ने भन्ने बारेमा यि दुइ हलले कुनै प्रतिक्रिया दिएका छैनन् ।