दीपक र दीपाश्रीले मल्टीप्लेक्स हल निर्माण गर्दै

गत वर्षको लकडाउन यता दुइ दर्जन भन्दा पढि फिल्म हल बन्द भइसकेको छ । अझै थुप्रै हल बन्द हुने अवस्था भइरहेको अवस्थामा भने कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले नयाँ हल निर्माणमा जुटेका छन् ।

यो समुहले राजधानीको नयाँ बानेश्वरस्थित शंखमुल रोडको करीब ९ करोडको लागतमा दुई अडिटोरियमको हल निर्माण गर्न लागेको हो ।
मल्टीप्लेक्स हल आउँदो चैतसम्म हल निर्माणको सम्पूर्ण काम सक्ने योजना अनुरुप तीव्र गतिमा काम भइरहेको दीपक राज गिरीले जानकारी दिए । उनका अनुसार हलमा दुईवटा स्क्रिन रहने हलमा चार सय दर्शकले एकसाथ फिल्म हेर्न सकिने छ ।