साउथ फिल्म ‘थिरिमाली’को छायांकनमा देखिए माओत्से
नेपाली कलाकार भारतिय दक्षिण फिल्ममा अभिनय गर्न थालेका छन् । साउथ फिल्म ‘थिरिमाली’मा नेपाली कलाकार माओत्से गुरुङ, स्वस्तिमा खड्का’ले अभिनय गरेका छन् ।
हालै फिल्मको केहि तस्विर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको छायांकन सकिएको समेत जानकारी दिएको छ । भारतको मनालीको दृश्य कैद गर्दै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता सरोज न्यौपानेले जानकारी दिएका छन् ।यो फिल्मलाई नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’ का निर्माता सरोज न्यौपानेको ‘अनन्या फिल्मस्’ र दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमाज्’ ले निर्माण गरेका हुन् ।
राजिव सेट्टीको निर्देशन रहेको फिल्म ‘थिरिमाली’ मा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माका साथै नेपाली कलाकार स्वस्तिमा खड्का, माओत्से गुरुङ, उमेश तामाङ लगायतले अभिनय गरेका छन् । फिल्मलाई हिन्दीसहित मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने निर्माण पक्षले बताइएको छ ।
प्रतिक्रिया