कलाकारले कोरोनाबिरुद्धको खोप लगाउन जाँदा माक्स लगाएको खोइ ?

नेपाली फिल्मकर्मीले आज कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले नेपाल चलचित्र कलाकार संघको आयोजनामा पाटन ढोकास्थित पुरानो अशोक सिनेमा हलको परिसरमा भेरोसेल खोपको पहिलो डोज लगाएका हुन् । बिहान ९ बजेदेखि सुरु भएको खोप कार्यक्रम दिउँसो चार बजेसम्म चलेको थियो ।

कलाकार तथा प्राविधिकहरुलाई समय छुट्याएर कोरोना विरुद्धको खोप लगाइएको थियो । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बिहान ९ देखि १० बजेसम्म कलाकारलाई, ११ देखि १२ बजेसम्म फिल्म निर्माता र सिनेमा हल व्यवसायीलाई, १ देखि २ बजेसम्म प्राविधिकलाई, २ देखि ३ बजेसम्म नृत्य र द्वन्द्व कलाकारलाई, ३ देखि साढे ३ बजेसम्म निर्देशकलाई र साढे तीन बजेपछि जनजाति महासंघ र अन्य संघ संस्थामा आबद्ध रहेका फिल्मकर्मीलाई खोप लगाएका हुन् ।

आज बिहान ९ देखि १० बजेसम्म भुवन केसी, पल शाह, पुष्प खड्का, रेजिना उप्रेती, धिरेन शाक्य, दुर्गेश थापा लगायत दर्जनौ कलाकार खोप लगाउन खोप केन्द्रमा पुगेका थिए । चलचित्र विकास बोर्ड, चलचित्र कलाकार संघ, निर्माता संघ लगायतले सरकारसँग पटक पटक कलाकारका लागि कोेरोनाबिरुद्धको खोप माग गर्दै आएका थिए । सोही अनुरुप सरकारले कलाकारलाई कोरोना बिरुद्धको खोप दिएको हो ।

खोप केन्द्रमा उपस्थित भएका कलाकारहरुले स्वास्थ्य मापदण्ड अनुसार लाइनमा बसेका भने थिएनन् । उनीहरु माक्स नै लगाई कोरोना बिरुद्धको खोप लगाउन लाइन बसेका देखिन्थेँ । ग्रुपमा फोटो खिँच्दा पनि सामाजिक दुरी कायम गरेको पाइएन । कलाकारहरुले सामाजिक दुरी कायम गर्नुका साथै माक्सको प्रयोग गरेको कमै मात्रामा देखिन्थेँ ।