अनटाइटल फिल्ममा जीतु र साम्राज्ञीको चर्चा

छक्का पञ्जाको टीमसँग मनमुटाव भएपछि बाहिरिएपछि हास्य कलाकार जितु नेपालले नयाँ फिल्म काम गर्ने चर्चा सुरु भएको छ । उनी फिल्म ‘ड्रिम्स’ का निर्माता कपिल रिजालले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा काम गर्न लागेको चर्चा चलेको हो ।

उनी यस फिल्ममा मुख्य भूमिकामा अभिनय गर्दैछन् । यस फिल्ममा जीतुको जोडी अभिनेत्री साम्राज्ञी आरएल शाहसँग बाँधिनेछ । तर, जीतु नेपालले यस बारेमा आफुलाई थाहा नभएको बताएका छन् । उनले मेराोफिल्मसँगको कुराकानीमा अहिले फिल्ममा बाहिर हल्ला आए जस्तो अनुबन्धित भएका छैनन् । मौखिक कुराकानी भने भएको जानकारी दिए ।

फिल्म कमेडी र लभस्टोरी जनरामा निर्माण हुने फिल्मको छायांकन निर्माण भदौ १५ बाट काठमाडौं र पोखराको माथिल्लो भेगमा गर्दैछ ।
फिल्ममा जीतु नेपाल, साम्राज्ञीका अलवा विजय बरालको पनि मुख्य भूमिका रहनेछ । साम्राज्ञीले लकडाउनअघि फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकेर बसेकी छन् भने निर्देशक द्वय मिलन चाम्स र प्रवेश पौडेलको फिल्म साइन गरेकी थिइन् । जीतु अहिले नेपाल टेलिभिजनबाट प्रसारण हुने मुन्द्रेको कमेडी क्लव चलाइरहेका छन् ।