शालिनीले मागिन् हनी सिंहसँग १० करोड क्षतिपूर्ति माग

हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । उनले मुद्धामा क्षतिपुर्तिको माग समेत राखेकी छन् । शालिनीले घरेलु हिंसाबाट महिलाको संरक्षण अधिनियम अन्तरगत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको भारतिय मिडियाले बताएका छन् ।

केहि दिन अघि शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । उनको मुद्धा दर्ताभएपछि कोर्टले शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।