ससुराले पनि दुर्व्यवहार गर्ने गरेको हनि सिंहकी पत्नीको आरोप
बलिउडका चर्चित र्यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । उनले दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पन्नाको रिट निवेदनमा अर्को नयाँ कुरा समेत खुलासा गरेकी छन् ।
भारतिय मिडियाका अनुसार शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर र ससुरा सबरजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् ।
रिट निवेदनमा शालिनीले आफ्ना ससुराले समेत गलत हरकत गने, कुनै काम नहुँदा पनि कोठामा आउने गरेको आरोप लगाएकी छन् । ‘ससुरा बा बिना कुनै काम उनको कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए,’शालिनीले भनेकी छन् ।
शालिनीले आफ्नो पतिको परिवारले गरेको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहतको माग गरेकी छिन् । शालिनीका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेको र त्यतिबेला हनी सिंहले उनीमाथि रक्सीको बोतल हानेका थिए ।
शालिनीले विवाहको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएको थियो । त्यो तस्विर भाइरल भएपछि हनी सिंह अत्तालिएर फोटो लिक गरेको आरोप लगाउँदै आफूलाई पिटेको उनले बताएकी छन् ।
प्रतिक्रिया