फिल्म ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक

c भएको छ । कमेडी र सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्मको निर्देशन बसन्त निरौलाले गरेका छन् । लकडाउनको समयमा फुर्सदमा रहेका कलाकार तथा प्राबिधिकहरु लाई पनि केहि राहत होस् भन्ने उदेश्यका साथ डिजिटल प्लेट फर्ममा मात्र प्रदर्शन गर्ने लक्ष्य सहित चलचित्र ‘लव सर्कल’को निर्माण गरिएको निर्देशक निरौलाले बताए ।

मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन्। सार्वजनिक ट्रेलरमा कमेडी दृश्यले बढी स्थान पाएको छ । फिल्ममा नाजिर हुसेन,मुकुन भुषाल,पवित्रा आचार्य,रबिन्द्र झा,रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ । कमेडी च्याम्पियनमा दले दाईको उपनामले चिनिएका सुमन कोइराला यसै फिल्ममार्फत डेब्यु गर्दैछन्।

फिल्म ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत,श्रीधर पौडेलको पोस्टर फोटोग्राफी,मुख्य सहायक निर्देशक बिनय पौडेल,लेखन अभिमन्यु निरवी,कलर राजेन्द्र मोक्तान,छायाँकन दिब्य सुबेदी,कोरियोग्राफी पवित्रा आचार्य र सम्पादन शाहील खान र मिलन श्रेष्ठको रहेको छ ।
आगामी २९ गतेबाट फिल्म डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । यससंगै सम्पूर्ण डिजिटल प्लेट फर्ममा पनि फिmल्म प्रदर्शन गरिने निर्माता ओम प्रकाश अग्रवालले जानकारी दिए। ट्रेलर ओएसआर डिजीटलको अफिसियल युटुव च्यानलबाट पनि सार्वजनिक निर्माता अग्रवालले बताए ।