पोर्न फिल्म निर्माणको लफडामा चोपडा

पोर्न फिल्म निर्माणको लफडामा अभिनेत्री शर्लिन चोपडा परेकी छन् । उनलाई आज सोधपुछका लागि प्रोपर्टी सेलको अफिसमा बिहान ११ बजे बोलाइएको हो । र्पो भिडियो प्रकरणमा अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा न्यायिक हिरासतमा रहेका बेला शर्लिनलाइ सोधपुछका लागि बोलाइएको हो ।

उनलाई बोेलाउनुकोे कारण हो उनले राज कुन्द्राको कम्पनी ‘आर्म्सप्राइम मिडिया’सँग काम गरेकी थिइन् । करारमा का गर्दै आएकी शर्लिनलाई अहिले सोधपुछ भइरहेको भारतिय मिडियाले जनाएका छन् । करार अन्तरगत भारतभन्दा बाहिर रहेका कम्पनीका केही एपलाई अश्लीलल सामग्री उपलब्ध गराइन्थ्यो भन्ने आरोप उनमा छ ।

केहि दिन अघि शर्लिनले पनि राज कुन्द्रामाथि विभिन्न आरोप लगाएकी थिइन् । उनले राज कुन्द्राले आफुलाई वयस्क फिल्ममा काम गर्न उक्साएको आरोप लगाएकी छन् । साथै फिल्ममा सबैभन्दा पहिलो एउटा रोलका लागि शर्लिन एप्रोच गरिएको र पछि वयस्क सामग्री निर्माण गर्ने अफर गरिएको उनको आरोप छ । उनका अनुसार राजले उनलाई ’हटसट’ एपका लागि सुटिङ गर्न भनेको तर त्यसलाई शर्लिनले अस्वीकार गरेकी थिइन् ।