विश्वकै धनी सेलिव्रेटी ओफ्रा विन्फ्रेपछि रिहाना

संंसारै धनि को हो भन्दा धेरैको मनमा व्यापारी भन्ने आउछ । तर, यहि सुचिमा पप गायिका रिहाना परेकी छन् । उनी अहिले अर्बपतिको सूचीमा समावेश भएकी छन् । हालै फोर्ब्स म्यागजिनकले सार्वजनिक गरेको अर्बपतिको सुचिमा रिहाना परेकी छन् ।

म्यागजिनका अनुुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी हुन् । समाचारका अनुसार उनको कूल सम्पति १.७ बिलियन डलर पुगेको छ । रिहानाले यति धेरै सम्पति संगीतबाट मात्र कमाइ गरेको नभएर कस्मेटिक ब्रान्ड फेन्टी ब्यूटी कस्मेटिक कम्पनीबाट कमाइ गरेकी हुन् ।

उनको संगीत र अभिनय सहित गरेर कूल सम्पति १.७ बिलियन डलर पुगेको समाचारमा उल्लेख गरिएको छ ।
मनोरञ्जन क्षेत्रमा विश्वकै धनी सेलिव्रेटी ओफ्रा विन्फ्रेपछि रिहाना सम्पतिको हिसाबले दोस्रो स्थानमा छन् ।