दसैँ अघि नै प्रसारण हुने हिमालय रोडिजका निर्देशक फेरिए

रियालिटी सो हिमालय रोडिजको चौंथो सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । तन्नेरी पुस्तामाझ चर्चित टेलिभिजन रोडिज कार्यक्रम निकै लोककप्रिय रहेको छ ।

निर्देशक सुनुवार नेपाली फिल्ममा एक्सन निर्देशकको रुपमा चर्चित छन् । उनले ‘मिसन पैसा’ निर्देशन गरेकाछन् । अघिल्ला तीनवटै सिजन निर्देशन गरेका अमनप्रताप अधिकारीले चौथो सिजनबाट हात झिकेपछि निर्माण युनिटले सिमोसलाई निर्देशकमा अनुबन्धित गरेको हो ।

दशैं अघि प्रसारण आरम्भ हुने तयारी रहेको निर्णायक मध्येका एक अनुबिक्रम शाहीले जानकारी दिए । निर्देशक फेरिएपछि निर्णायकहरु भने यथावत रहने छन् । अनुपसहित आशिष राना लाउरे, दिया मास्के, समन श्रेष्ठ, रेमनदास श्रेष्ठ रोडिजका निर्णायक रहेका छन् ।