घाँटीमा समस्या आएपछि कलाकार मुकुन्द थापा अस्पताल भर्ना

खलनायकका रुपमा अभिनय गरिरहेका कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । फिल्म ‘आँधी तुफान२’ छायांकनका क्रममा घाँटीको समस्याका कारण उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना भएका हुन् ।

चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाका अनुसार उनको घाँटी भित्र गिर्खा पलाएको कारण अस्पताल भर्ना भएका हुन् । बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने समेत निरौलाले जानकारी दिए । थुप्रै नेपाली फिल्ममा भिलेनको भुमिकामा देखिदै आएका मुकुन्द पछिल्लो समय हास्य सिरियल तिर पनि अभिनय गर्दै आएका छन् ।