प्रियंकाले आयुष्मानलाई पिटाई खान नपुगेको भनेपछि……

अभिनेत्री प्रियंका कार्की विभिन्न तरिकाले चर्चामा आउनु नयाँ कुरा भएन । उनले पेटमा बच्चा बसेदेखि नै अनेक तरिकाले आफुलाई चर्चामा ल्याइराखेकी छन् । कहिले वेवी सावर त कहिले स्वीमिङ पुलमा साथीहरुको साथ रमाइलो गरेर आफुलाई चर्चामा राखिन् ।

तर, आज भने प्रियंका र उनको श्रीमानको सामाजिक सञ्जालवारले दर्शकको ध्यान तानेको छ । प्रियंकाले आफ्नो इन्स्टाग्राम आफू जीवनको अर्को सुन्दर चरणका प्रवेश गर्न लागेको बताएकी छन् । इन्स्टामा श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँगको तस्बिर पोस्ट गर्दै उनले श्रीमानको साथमा सबैकुरा सुन्दर हुने उल्लेख गरेकी छन् ।

प्रियंकाको यो भनाईलाई लक्षित गर्दै आयुष्मानले म त्यो परिवर्तित जीवनका लागि तयार रहेको तर तिमी यसबारेमा कचकच गरिहन्छौँ लेखेपछि दुवैबीच भनाभन भएको छ । प्रियंकाको भनाईलाई लक्षित गर्दै लेखेका छन्, ‘म त्यो परिवर्तित जीवनका लागि तयार छु जसबारे तिमी बारम्बार कचकच गरिरहन्छौ ।’

यहि भनाईको पोष्टमा कमेन्ट गर्दै प्रियंकाले कुटाइ खान नपुगेको भन्दै आयुष्मानलाई थर्काएकी छन् । ‘आची ! पिटाई खान नपुगेको ,’उनले कमेन्ट बक्समा लेखेकी छन् । जुन कुरो अहिले सामाजिक सञ्जालमा तातिएको छ ।

https://www.instagram.com/priyanka.karki/?utm_source=ig_embed&ig_rid=5b7e26a0-b07e-4def-8fa3-d5ada44f7b55