छोराछोरीसाथ विज्ञापनमा देखिदै निखिल,संचिता

नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारको ट्याक पाएका अभिनेता निखिल उप्रेती केहि वर्ष यता फिल्ममा अभिनय गरेका छैनन् । गत वर्षको लकडाउन अघि नै फिल्म निर्माण गर्ने घोषणा गरेता पनि फिल्म निर्माण हुन सकेको छैन ।

अभिनेत्री संचिता पनि घरमा नै बसोबास गर्दै अलि अलि म्युजिक भिडियो तथा कार्यक्रमहरुमा व्यस्त रहदै आएकी थिइन् । अव भने अभिनेता निखिल उप्रेतीको परिवार नै एक विज्ञापनमा देखिने भएका छन् । डब्लु एच ओ द्धारा निर्माण गर्न लागेको सन्देश मुलक विज्ञापनमा अभिनेता निखिल उप्रेतीका अलवा अभिनेत्री संचिता लुइँटेल,छोरा र छोरी रहेका छन् । हिजो यस विज्ञापनको धुलिखेलमा छायांकन भएको छ भने केहि दिनमा नै रिलिज हुनेछ ।

अभिनेत्री संचिताले मेरोफिल्मसँगको कुराकानीमा पहिलो पटक नै परिवारका साथ स्वास्थ्यका बारेमा निर्माण भएको विज्ञापनमा देखिन लागेको बताएकी छन् । उनले भनिन्,‘हाम्रो परिवार नै पहिलो पटक विज्ञापनमा देखिन लागेका हौँ । यो भन्दा अघि परिवारका साथमा भिडियोमा आएका थिएनौँ । त्यसैले पनि अत्यन्तै खुसी भएका छौँ ।’ पछिल्लो समय अभिनेत्री संचिता केहि म्युजिक भिडियोमा पनि देखिदै आएकी छन् । अभिनेता निखिल भने पर्दामा आएका छैनन् ।